बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सिवाईसीको ३१ औं वार्षिकोत्सव

सिवाईसीको ३१ औं वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७९, शुक्रबार

बागलुङ/ चारतारे युवा क्लब सिवाइसी नेपालको ३१ औं बार्षिकोत्सव बुधवार सम्पन्न भएको छ । वार्षिकोत्सवको अबसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सरकारी र गैर सरकारी संस्था मिलेर अगाडि बढेमा देश समृद्ध बन्ने बताए ।

उनले जिल्ला प्रशासनमा दर्ता भएका सयौं संस्थाहरुको पत्तो नभएको बेला केही संस्थाले मात्रै समाजमा राम्रा काम गरेर बसेको बताए । उनले हुँदा खानेलाई हुने खाने बनाउन गैरसरकारी संस्थाले काम गर्नुपर्ने धारणा राखे । भौतिक बिकासमा राज्यले लगानी गरेपनि चेतनाको बिकासमा गैरसरकारी संस्थाले काम गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, साकाजक अगुवा देबबहादुर श्रेष्ठ, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष मुक्तीराम सापकोटा, संस्थाका संचालक जयराम भारी लगायले मन्तव्य राखे । संस्थाले युवाहरु सहभागि भएको सिर्जनशिल युवा केन्द्र स्थापना गरेको छ । कृष्णप्रसाद शर्माको अध्यक्षतामा गठित १७ सदस्य रहेको केन्द्रले युवालाई सिपमूलक तालिम संचालन गर्दै आत्मनिर्भर व्यवसाय गर्न पहल गर्ने बताइएको छ ।

बार्षिकोत्सवको अबसरमा पहिलो कर्मचारी त्रिकला थापा, संस्थापक पोटकुमारी जिसी, बिष्णु मैत्रेय र मिना चोखाललाई सम्मान गरिएको थियो । सिवाईसी नेपालले लघुबित्त कार्यक्रम संचालन गरेपछि देशभरको ६६ जिल्लामा आफ्ना शाखा पु¥याएको लघुवित्त कार्यक्रमका प्रबन्ध निर्देशक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए । आगामी पुस मसान्त भित्र ७७ जिल्लामा पुग्ने लक्षले काम गरेको भन्दै १२ सय जनालाई रोजगारी दिने लक्ष समेत सुनाए । सिवाइसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता र सचिव बिरबहादुर किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->