बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘सहकारीका समस्या समाधानगर्न सरोकारवालाबीच सहकार्य गरौ’

‘सहकारीका समस्या समाधानगर्न सरोकारवालाबीच सहकार्य गरौ’


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७९, शुक्रबार

बागलुङ/ जिल्ला सहकारी संघ लिमिटेड बागलुङले सहकारी संघ संस्थाका सञ्चालक र व्यवस्थापकहरुबीच समसामयिक विषयमा एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम बिहीवार सम्पन्न गरेको छ ।
सहकारीहरुका समस्या पहिचान, समाधानकालागि आन्तरिक व्यवस्थापन, अभियानको सक्रियता र नियमनकारी निकायसंगको समन्वय गर्नका लागि सहयोग पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्षहुमाकुमारी जि.सी. (अञ्जु) ले जानकारी दिइन् ।
अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सहकारीहरुको दिगोपनाका लागि सदस्यहरुलाई शिक्षा र सचेतनामा जोड दिदै आन्तरिक सुशासनमा सुधार ल्याउनु पर्नेमा जोड दिएका छन् ।
सहकारीको आन्तरिक व्यवस्थापन प्रणालीलाई सुधार गर्ने, सहकारीका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी सदस्यहरु, उपसमितिका सदस्यहरुलाई सक्रिय बनाउनुका साथै कर्मचारीहरुको दक्षता अभिवृद्धिका कार्यक्रम बनाउनु पर्ने सहकारी कर्मीहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->