बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाराहीको साधारण शेयर कात्तिक चारदेखि निष्कासन

बाराहीको साधारण शेयर कात्तिक चारदेखि निष्कासन


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७९, शनिबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा सञ्चालनमा रहेको ठेउलेखोला जलबिद्युत आयोजना निर्माण गरेको बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले प्रारम्भीक शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

आगामी कात्तिक ४ गतेदेखि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्काशन गर्न लागेको कम्पनीका अध्यक्ष सूर्य अधिकारीले बताए । ठेउलेखोला जलबिद्युत आयोजनाबाट कम्पनीले १.५ मेगावाट बिद्युत उत्पादन गर्दै आएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि बागलुङको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ४ गतेसम्म लम्बिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले फलेवास शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक बागलुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->