बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बैंकहरु हाम्रा लागि कोभिड भन्दा खतरा भए : होटल संघ

बैंकहरु हाम्रा लागि कोभिड भन्दा खतरा भए : होटल संघ

९० प्रतिशत हुने सिजनमा २५ प्रतिशत मात्रै पर्यटक ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७९, शनिबार

पोखरा/असोजको २५ गते पछाडी पोखरामा पर्यटकहरुको घुँइचो देखियो । पोखराको लेकसाइड क्षेत्र असोज २८ गतेदेखि असोज ३ गतेसम्म भरिभराउ भए । पोखराका होटलहरुपनि भरिए । तर अहिले विस्तारै होटलहरु खाली हुन थालेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको दौरान आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको थियो । यो समय पोखराका लागि पर्यटकीय समय हो । दशैं तिहारको बीचमा घुम्न आउने पर्यटकको संख्या यतिबेला घट्यो । दशैको समयमा लगातार झरी परेपछि व्यवसायमा असर ग¥यो ।

भुकम्पपछि तंग्रिँदै गरेको पोखराको पर्यटक व्यवसायीहरु कोरोना महामारीका कारण पुनः थलिन प¥यो । विश्वव्यापी रुपमा फैलिएको कारोना महामारीले सबै क्षेत्रलाई प्रभावित बनायो । कोरोनापछि फेरी लयमा फर्कनै लाग्दा पर्यटन तथा होटल व्यवसायीहरु मारमा परेका छन् ।

सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भिजिट नेपाल २०२० को अवधारणा अघि सा¥यो । देशमा ठूलो मात्रामा पर्यटक आउने भएपछि राज्यले पर्यटन व्यवसायीहरुलाई पूर्वाधार विकासका लागि सहुलियतमा ऋणको व्यवस्थापन ग¥यो । विभिन्न बैंकमार्फत गरिएको व्यवस्थालाई पर्यटन व्यवसायीले अघि बढाए । उनीहरुले ऋण निकालेर व्यवसायलाई थप व्यवस्थित र नयाँ संरचना बनाउने काम समेत गरे । सस्तो ब्याजदरमा ऋण लिएर व्यवसाय अघि बढाउन खोज्दै गर्दा कोरोना महामारीले थिचेपछि मारमा परेका व्यवसायीलाई यतिबेला बैंकले मारमा पारेको छ ।

देशभर आन्दोलनको कार्यक्रम गरिरहेका व्यवसायीहरुले बैंकले अचानक ब्याजदर बढाउँदा आफूहरु आत्महत्यासम्म गर्नुपर्ने बाध्यतामा आइपुगेको बताएका छन् । पोखरामा शुक्रबार होटल संघ पोखराले पत्रकार सम्मेलनको आयोजना गर्दै बैंकले बढाएको ब्याजदरको विरोध गरेका छन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले बैंक तथा वित्तीय संस्थाहरुबा कर्जा लिएर व्यवसाय संचालन गरेका व्यवसायी अहिले सावा तथा ब्याज चुक्ता गर्न सक्ने अवस्थामा नरहेको बताए । उनले व्यवसायीले तिर्नुपर्ने कर्जा तथा ब्याज तिर्न तयार रहेपनि अर्को वर्षमा तिर्ने व्यवस्था गरिदिनुपर्ने माग आफुहरुको रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले ४–५ दिनको चहलपहलले व्यवसाय नचल्ने बताए ।

‘यो हाम्रो लागि सिजन हो तर चीनले आफ्ना नागरिकका लागि घुम्न जान बन्द गरेका कारण अहिले पोखरामा पर्यटक छैनन् । केही दिन राष्ट्रिय खेलकुदले चहलपहल बढेपनि त्यसले मात्रै व्यवसाय धान्दैन’, उनले भने,‘विगतमा वर्षमा यति समयमा (दशैं नजिकको समय) ९० प्रतिशत पर्यटक हुन्थे अहिले २५ प्रतिशतमा झरेको छ । कोरोनाले थलिएको अवस्थाबाट अझै उकासिन नसकेको अवस्थामा बैंकको आतंक बढेको छ । हामीलाई कोरोनाभन्दा पनि बैंक खतरा भयो ।’ पहिला सस्तो ब्याजरमा ऋण दिएको बैंकले अहिले दुई गुणा बढाउनुको साथै ऋण नतिरेमा ३ पुस्ते खुलाई सार्वजानिक सूचना निकाल्ने धम्कीले आम व्यवसायीलाई असर गरेको बताए । उनले बैंकहरुले मुनाफा लिएर बोनस बाड्ने तर व्यवसायीको भने ढाड सेक्ने काम भएको बताए । उनले देशभरबाट आन्दोलन भएको र आफुहरुले कुनैपनि हालतमा ऋण नतिर्ने उल्टै राष्ट्र बैंक तथा सम्बन्धित निकायमा आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

नेपाल होटल संघका केन्द्रीय सदस्य भरत पराजुलीले यो विषयलाई केन्द्रले गम्भीर रुपमा लिएको बताए । उनीहरुले तिहारपछि आफुहरु उग्ररुपमा जाने चेतावनी समेत दिए । ‘हाम्रो सवालमा सरकार गम्भिर भएर लागेन । तिहारपछि उग्रभएर हामी लाग्ने छौँ’ उनले भने,‘हाम्रो माग पुरा नभए राष्ट्र बैंकमा नै ताल्चा लगाउँछौँ ।’गण्डकी प्रदेश होटलसंघका अध्यक्ष हरि शर्माले प्रदेशको व्यवसायीको समेत समर्थन रहेको बताए । गण्डकीमा अहिले आफुहरुले संयमित भएर लाग्दा समेत समस्याको समाधान नभए आगामी अवस्थाका बारेमा भन्न नसकिने बताए । उनले साझा सस्यालाई समेत सम्बोधन नभए राज्य चुनावमा होम्मिदै गर्दा आफुहरु भने आन्दोलनमा उत्रिन बाध्य हुने सुनाए । सिजनमा १२ लाख पर्यटक भित्रिने नेपालमा अहिले ३ लाख मात्रै पर्यटक भित्रिएको बताए । उनले बैंकले ब्याजदर ७ प्रतिशतभन्दा माथि लिन नहुने बताए । बैंकले १८ देखी २० प्रतिशतसम्म ब्याजदर लिनु दुर्भाग्य भएको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->