बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तिहारको मुखमा बास्कुनाबाट कमली सुन्तला निर्यात, जिल्लाभित्रै खपत

तिहारको मुखमा बास्कुनाबाट कमली सुन्तला निर्यात, जिल्लाभित्रै खपत


  • हरिकृष्ण गौतम
  • कार्तिक ५ २०७९, शनिबार

म्याग्दी/म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ बास्कुना गाउँमा उत्पादन गरिएको कलमी सुन्तला बजारमा आएको छ । हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको मुखमा बास्कुना गाउँको सुन्तला बगैँचामा यतिबेला कलमी सुन्तला बजारमा गएको हो ।

सुन्तलाको पकेट क्षेत्र मानिने बास्कुनामा सानो बोटमा छिटो र ठूलो आकारमा फल्ने र हेर्दा काँचो देखिने कलमी प्रजातिको सुन्तलाको अत्याधिक बजार रहेको स्थानीय अगुवा यूवा सन्दिप केसीले बताए । ‘यसपटक उत्पादन र माग दुबै बढेको छ,कात्तिक महिनाभरी बजारमा पुग्छ’। कृषक केसीले भने । उनका अनुसार किसानले बोटबाट नै प्रतिकिलोग्राम रु ९० मा सुन्तला बिक्री गरिरहेको छ ।

सुन्तला उत्पादनको मौसम आगाडि नै बास्कुनाका केही किसानले बजारमा ताजा सुन्तला बिक्री गर्ने उद्देश्यले कलमी गरिएको सुन्तला सदरमुकाम बेनीबजारमा पठाइएको छ । विगतमा यसपटक जिल्ला बाहिर लैजाने सुन्तला बेनीबजारमै खपत गरिएको छ ।

बजारमा प्रति केजी १ सय ३० रुपैयाँसम्म बिक्री हुने गरेको छ । स्थानीय अगुवा कृषक दिपेन्द्र गुरुङले बारीबाट ६ हजार केजी, भिम थापा ४ हजार केजी, दलबहादुर कार्की ३ हजार केजी, शेरबहादुर केसी २ हजार केजी र सन्दिप केसीको बगैचामा ३ हजार केजी उत्पादन भएको छ ।

बजारमा अत्याधिक माग रहेको सुन्तलाको सिजन आगाडि र्नै उत्पादन हुने कमली सुन्तला रोप्ने गरिएको छ । बास्कुनाबाट सिजनमा ५० लाखभन्दा बढीको सुन्तला निर्यात हुन्छ । कलमी सुन्तला पोखरामा प्रति किलोग्राम १६० र काठमाडौँमा १९० रुपैयाँमा बिक्री हुने गरेको व्यापारी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->