बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतको जडिबुटिलाई बैज्ञानिक तरिकाले उपयोग गर्ने योजना छ: जल बहादुर

पर्वतको जडिबुटिलाई बैज्ञानिक तरिकाले उपयोग गर्ने योजना छ: जल बहादुर


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०७९, आइतबार

पर्वत / प्रतिनिधि सभा सदस्य उम्मेदवार जल बहादुर पुर्जा पुनले पर्बत जिल्लामा पाइने जडिबुटिको पहिचान गरि प्रयोगमा ल्याउने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्बतबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पुनले स्थानीय क्षेत्रमा पाइने जडिबुटिलाई बजारिकरण गर्दै आर्थिक उन्नति तर्फ लैजाने बताए ।

चुनावी अभियानमा जुटेका उनले जडिबुटीलाई बैज्ञानिक रुपबाट पहिचान गरी त्यसको संरक्षण अनुसन्धान प्रशोधन गरेर उपयोग गरीने बताएका हुन् ।

“पर्बत जिल्लामा भैरहेको जडिबुटीलाई बैज्ञानिक रुपबाट पहिचान गरी त्यसको संरक्षण अनुसन्धान प्रशोधन गरेर उपयोगमा ल्याइनेछ ।

साथै जडिबुटीको व्यावसायिक रुपमा खेति गर्न आवश्यक नीति तथा कर्याक्रम ल्याइने छ” उनले भने । उनले पर्बतको विकासका लागि आफु दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->