मान्छे विनाको घरैघरले घेरिएको शहर बनेको देश
मान्छे विनाका घरहरु खण्डहर बन्दै गरेको मेरो देश।
पहाड र विकट ठाउँहरु मात्र होइन,
शहरहरु समेत घरैघरको खण्डहर बन्दै गरेको देश।
अपनत्व, आत्मीयता, आत्मनिर्भरता र इमानदारिताबाट टाढिंदै गरेका मनहरुको देश।।
प्राकृतिक मान्छे प्रकृतिको न्यानो काख छोडेर,
कृतिमताको निरस काखमा रमाईरहेका मान्छेहरुको देश।
मानव भएर अमर संकेत छोडेर संसारबाट विदा हुने साटो,
धन दौलत, सुनचाँदी, हिरामोतीलाई नै उत्कृष्ट मानवता सावित गर्दै गरेको देश।
आफ्नै सन्तानबाट उपेक्षित हुंदै जादा पनि गर्व गर्दै गरेको देश।
आफु र आफ्नो विरासत सकिदैगर्दा पनि विरासत थाम्नेहरु विरासत छोड्दा गर्व मान्दै गरेको देश ।।
मानवताको घांटी रेट्ने हरुनै मानवताको संरक्षक बनेको देश।
न्यायको त्यान्द्रो चुँडाल्नेहरुले नै हामीले न्याय थाम्छौं भन्ने गरेको देश।।
मुसिकोट नगरपालिका इन्द्रेगौडा, गुल्मी





