पोखरा/ सुजल डेरीले आफ्नो नयाँ ब्राण्ड बजारमा ल्याएको छ । पछिल्लो समय परिवारको मागलाई ध्यानमा राखेर नयाँ ब्राण्ड सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’ बजारमा ल्याएको हो । देशभरका उपभोक्ताको मागलाई ध्यानमा राखेर यो उत्पादन बजारमा ल्याईएको सुजल डेरी प्रा.लि.ले जनाएको छ । नयाँ नयाँ स्वाद नेपाली उपभोक्तालाई पस्किँदै आएको सुजलले नेपाली उपभोक्ताको मन जित्दै आएको छ ।
नयाँ प्याकमा घ्यूको गुणस्तर लामो समय कायम गर्दै, स्वादमा ताजापन राख्नका लागि ७–लेयर प्याकेजिंगका साथै उत्पादनलाई थप आकर्षक बनाउनका लागि ३ लेयर लेमिनेसन पनि गरिएकोछ । त्यस्तै नयाँ प्याकको ग्लस्सीफिनिसर गोल्डेन प्याटर्नले उत्पादनलाई थप प्रिमियम बनाएकोछ । कम्पनीले मीठो स्वाद जिन्दगीको मार्फत आजको व्यस्त जीवन शैली बीच घ्यूको मीठो स्वाद, पौष्टिकता र सुगन्धले सम्पूर्ण परिवारलाई एक ठाउँमा ल्याउने विश्वास राखेको छ ।
सुजल डेरीको उत्कृष्ट उत्पादन सफल घ्यू पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा पाइन्छ । गाई तथा भैँसीको शुद्धम क्खनलाई खारेर बनाईएको सफल घ्यू खाँदा मीठोहुनाकासाथै स्वास्थ्यकोलागि फाइदाजनक रहेको सुजलले जनाएको छ ।





