बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ब्याजदर घटाउन चेम्बरको माग

ब्याजदर घटाउन चेम्बरको माग


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०७९, बुधबार

पोखरा/ नेपाल चेम्बर अफ कमर्स कास्कीले बैंक तथा वित्तीय संस्थाहरुमा वृद्धि भएको ब्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र पठाएको छ ।

चेम्बर कास्कीले मंगलबार बैंक तथा वित्तियसंस्थाहरुमा वृद्धि गरिएको ब्याजदरको विरोध गर्दै नेपाल राष्ट्र बैंकका गर्भनरलाई ६ बुँदे माग राख्दै नेपाल राष्ट्र बैंक गण्डकीका प्रमुख डा. रामशरण खरेलमार्फत् ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्र खरेललाई हस्तान्तरणपश्चात बोल्दै पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेलले कोरोना, रुस र युक्रेनको युद्धले थलिएको व्यवसायले बैंक तथा वित्तिय संस्थाहरुमा ब्याजदर बढाएर थप पीडा दिएको बताए ।

उनका अनुसार चेम्बरले आकासिँदो ब्याजदर नियन्त्रणका लागि हाल विद्यमान स्प्रेड दर ४.४ प्रतिशतमा १ प्रतिशत घटाउन माग गरेको छ । बैंकहरुको आधार दरलाई न्यूनतम विन्दुमा कायम गरिनुपर्ने, कर्जामा आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप हुने गरी व्यवस्था गर्न माग गरेको छ ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा चेम्बर्स आफ कमर्श गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारले व्यवसायीहरुहरुलाई धरापमा पार्ने गरी ब्याजदर बृद्धि गरेको जिकिर गरे ।

यस्तै चेम्बर पोखराले नेपाल राष्ट्र बैंकले वाणिज्य बैकहरुलाई वाणिज्य ऋण प्रवाह गर्दा विगत ६ महिना ५ प्रतिशतबाट ८.५ प्रतिशत पु¥याएको र त्यसलाई ५ प्रतिशत नै कायम गर्न माग गरेको छ ।

ज्ञापनपत्र बुझाउनुअघि पोखरा मालेपाटनस्थित चेम्बर्स अफ कमर्श कास्कीको कार्यालयबाट पस्र्याङ, सिद्धार्थचोक, विपी चोक, न्यूरोड, सिर्जनाचोक हुदैं नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशको कार्यालय पुगरे ज्ञापनपत्र बझाइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->