बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा भरुवा बन्दुक सहित दुई जना पक्राउ

पर्वतमा भरुवा बन्दुक सहित दुई जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७९, बुधबार

पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार जिल्लाको मोदी गाउँपालिका–२ देउपुर बस्ने २४ वर्षीय सागर जैसी र २७ वर्षीय विकास नेपालीलाई पक्राउ गरिएको हो । विकासको घरमा बन्दुक लुकाएर राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट पुगेको प्रहरी टोलीले गत मङ्सिर ११ गते उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट एक थान भरुवा बन्दुक सहित सिसाको दाना, बेरिङको गोटी, सलाई र बारुद जस्तो देखिने कालो धुलो पदार्थ बरामद भएको छ । उनीहरूका विरुद्ध मङ्सिर ११ गते बाटै लागु हुने गरी हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दिन पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->