बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाराही हाइड्रोपावरको आइपिओ मंसिर २१ देखि

बाराही हाइड्रोपावरको आइपिओ मंसिर २१ देखि


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७९, बुधबार

बागलुङ/ जिल्लाको कुश्मीशेरामा जलबिद्युत आयोजना सञ्चालन गरिरहेको बाराही हाइड्रोपावरले सर्वसाधारणको लागि मंसिर २१ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र जैमिनी नगरपालिकाका स्थानीयलाई २ लाख ५० हजार कित्ता आइपिओ वितरण गरेको थियो ।

सो समयमा बिक्री हुन नसकेको १ लाख ४ हजार कित्ता सेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा आइपिओ जारी गर्न लागेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको कम्पनीले बताएको छ ।

यो बाहेक बाँकी ५ लाख १५ हजार २ सय २० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि वितरण गर्न लागेको हो । यो सेयर छिटोमा मंसिर २६ गतेसम्म बिक्रीमा रहनेछ । उक्त अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा भने पुस ६ गतेसम्म बिक्री लम्बिनेछ ।
उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ बि माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा बढी जोखिम रहेको जनाउँछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सक्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->