बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘निजी क्षेत्रमैत्री वातावरण बनाऔं’

‘निजी क्षेत्रमैत्री वातावरण बनाऔं’


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७९, शनिबार

पोखरा/ गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् ।
पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेका समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को उदुघाटन समारोहलाई संवोधन गर्दै मन्त्री थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

मन्त्री थापाले गण्डकी प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउन निजी क्षेत्रका उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।‘अहिले युवाहरु दैनिक रुपमा रोजगारका लागि विदेशिएका छन्’ उनले भने, ‘समृद्ध प्रदेश, युवा स्वरोजगार कार्यक्रमलाई अगाडी बढाउन निजी क्षेत्रलाई अगाडी बढाउनु आजको आवश्यकता हो ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर र निजी क्षेत्र मिलेर समृद्ध पोखराको यात्रामा जुट्नुपर्ने बताए । ‘पोखराको मात्र नभएर समग्र कास्कीको विकासको लागि निजि क्षेत्रसँगको साझेदारी अनिवार्य छ । त्यसैले निजी क्षेत्र र महानगरको समन्वय हुन आवश्यक छ’, उनले भने ।

प्रमुख आचार्यले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनको पूर्वसर्त ल्याण्डफिल्ड साइट रहेको बताउदै ल्याण्डफिल्ड साइट स्थानान्तरणका लागि निजी क्षेत्र, राजनीतिक दल, स्थानीयले समन्वय गर्न आग्रह गरे । ‘पुस १७ ( जनवरी १ तारिख) देखि विमानस्थल सञ्चालन गर्ने तयारी छ’, उनले भने, ‘विमानस्थल सञ्चालन गर्न प्रयोग गरिरहको ल्याण्डफिल्ड साइट बन्द गर्दै छौं । २० गतेदेखि फोहोरलाई वर्गीकरण गरेर उठाउने तयारी हुदैछ । फोहोर कहाँ फाल्ने अहिले नै घोषणा गरेका छैनौ । त्यसैले ल्याण्डफिल्ड साइट स्थानान्तरण गर्न निजी क्षेत्र, राजनीतिक दल र स्थानीयको समन्वय हुन आवश्यक छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, वर्तमान उपाध्यक्षहरु दीनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ,रामचन्द्र सांघाइ,नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालालगायतले अहिले निजी क्षेत्र प्रताडित भएको धारणा राखेका थिए ।

समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर २५ गतेसम्म सञ्चालन हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । उनका अनुसार मेलामा २५० स्टलहरु रहेका छन् । संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको स्वागत रहेको थियो । मेलाको उद्घाटनअघि संघको सचिवालय गैह्रापाटनबाट पोखरा प्रदर्शनीकेन्द्रसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । संघका महासचिव बलराम आचार्यका अनुसार मेलाअन्तर्गत शनिबार विशेष सांगीतिक कार्यक्रम पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->