पोखरा/ पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको ६० प्रतिशत स्टल बुकिङ भएको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघको ९ गते सम्म अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवका लागि स्टल खुल्ला गरिएको दोश्रो दिनमा ६० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको महोत्सव स्टल ब्यवस्थापन उपसमिति संयोजक सिमा गुरुङले जानकारी दिइन् ।
महोत्सवमा २५९ वटा स्टल रहेको र त्यसको ६० प्रतिशत बुकिङ भइसकेको गुरुङले वताइन । महोत्सवमा ब्यवशायिक स्टल बाहेक ६ वटा स्टल पर्यटन प्रवद्र्धनका लागि निशुल्क गरिएको छ । जहाँ ग्रामीण पर्यटन प्रर्वद्धन गर्ने गरी स्टल राख्न सकिनेछ । त्यसैगरी महोत्सवमा १२ वटा रेष्टुरेण्ट र अन्य व्यावसायिक स्टलहरु हस्तकला, अटो, कृषि उपज तथा उत्पादन लगायतका स्टलहरु रहने छन ।
स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेतीनदी संरक्षण र विपद ब्यवस्थापनको क्षेत्रमा युनाइटेड क्लवले काम गर्दै आइरहेको छ ।





