बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

करिडोरसँगको पहुँचमार्ग कालोपत्रे गर्न जैमिनीको दुई करोड

करिडोरसँगको पहुँचमार्ग कालोपत्रे गर्न जैमिनीको दुई करोड


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७९, शनिबार

बागलुङ/ जैमिनी नगरपालिकाको सदरमुकाम कुश्मीशेरा बजारलाई कालिगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्रेका लागि प्रयास थालिएको छ । यसअघि यो सडक संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा कालोपत्रेको काम सुरु भएर बीचमै रोकिएको थियो । एक किलोमिटर मात्रै कालोपत्रे भएर बीचमै रोकिएको सडकलाई पूर्णता दिन नगरपालिकाले प्रयास थालेको हो ।

जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम (कालिगण्डकी करिडोर) सडक कालोपत्रेको लागि दुई करोड रुपैयाँ बिनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । कुश्मीसेरादेखि जैमिनीधामसम्मको ३ किलोमिटर सडकमध्ये २ किलोमिटर सडक कालोपत्रेको लागि रकम बिनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

एक किलोमिटर सडक यसअघि नै संघीय सरकार र स्थानीय सरकारको सझेदारी कार्यक्रम (समपुरक कोष)बाट कालोपत्रे र ढलान गरिएको थियो । तीन बर्षसम्म समपुरक कोषबाट काम गर्दा
समेत सडक अधुरै रहेपछि नगरपालिकाले आन्तरीक स्रोतबाट थप खण्ड कालोपत्रे गर्ने भएको हो । यो सडकको स्तरोन्नती र एक किलोमिटर खण्ड कालोपत्रेका लागि यसअघि झण्डै आठ करोड रुपैयाँको स्टमेट थियो । पहिला दुई बर्षमा एक करोडभन्दा कम बजेट खर्च भएको यो सडकमा पछिल्लो बर्ष २ करोड ७० लाख खर्च भएको थियो ।

कोरोना महामारी, बाढीपहिरो लगायतका समस्याका कारण समपुरक कोषमार्फत बिनियोजन भएको बजेट खर्च नहुँदा सडक कालोपत्रेको काम बीचमै रोकिएको थियो । संघीय सरकारले एउटै योजनामा तीन बर्षभन्दा धेरै साझेदारी नगर्ने भएकाले समपुरक कोषको साझेदारी सकिएपछि नगरपालिकाले बजेट बिनियोजन गरेको हो । ‘करिडोर कालोपत्रे हुने चरणमा छ, करिडोरसँग जोडिने यो सडक हामीले तत्काल कालोपत्रे गर्दा जैमिनीको लाइफलाईन बन्छ’ शर्माले भने ‘हामीले संघ र प्रदेशसँग समेत बजेट माग गरेका छौं, पुरानो डिपिआरले काम गरेन, नयाँ डिपिआर गरेर बाँकी खण्डको काम कालोपत्रे गर्छौं ।’

७ मिटर चौडाई सडक, नाली र २ किलोमिटर लम्बाई रहेको सडक कालोपत्रेको लागि पाँच करोड रुपैयाँको लागत अनुमान भएपनि अपुग हुने रकम प्रदेश र संघीय सरकारसँग माग गरिने उपप्रमुख शर्माले बताए । यो सडक कालोपत्रे हुँदा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरसँग ५ देखि ७ मिनेटको दुरीमा पालिकामा मुकाम जोडिने छ । जैमिनी नगरपालिका भित्रका सबै आर्थिक क्रियाकलाप सञ्चालन गर्न र पर्यटन प्रबद्र्धनमा समेत सहयोग गर्ने शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->