पोखरा/ सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
सराङकोट सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १८ मा रहेको जन जागृतमा माविका २४ जना विद्यार्थीहरुलार्य न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण गर्दै संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जिसीले सहकारी मार्फत विद्यार्थीलाई गरिएको सहयोग महत्वपूर्ण रहेको बताए । संस्थाले स्थापनाकालदेखि सञ्चार, आर्थिक कारोबारसँगै विविध सामाजिक कार्यहरु गरिदै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य यमबहादुर थापा, संस्थाका सल्लाहकार इन्द्र कमल मानन्धर, लेखासमिति सदस्य शिव बहादुर थापा, व्यवस्थापक सुरेन्द्र थापाले संस्थागत भनाइ राखेका थिए । संस्थाले यस वर्ष त्रिदिवसीय कार्यक्रमअन्र्तगत सदस्य स्वास्थ्य सचेतना ,सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा ,बृद्घाश्रममा भौतिक सामान वितरण गरिने भएको छ ।





