बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्यटन प्रबद्र्धनमा कालिकादेखि विध्वसासिनीसम्म साईकल यात्रा

पर्यटन प्रबद्र्धनमा कालिकादेखि विध्वसासिनीसम्म साईकल यात्रा


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७९, बुधबार
सांकेतिक तस्विर

बागलुङ/ बागलुङ र पोखराको पर्यटन प्रबद्र्धनमा बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साईकल यात्रा हुने भएको छ ।
साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग बाणिज्य संघ र शालग्राम शंग्रहालय लगायतका संस्थाहरुको समन्वयमा पुस ७ गते बागलुङ कालिकादेखि विन्ध्यवासिनी मन्दिरसम्म साइकल ¥यालीको आयोजना गरिएको हो ।

साइकल ¥यालीले वातावरण संरक्षणमा चेतनामुलक सन्देश प्रबाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यामबाट नजिक बनाउने बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताए । पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अबसरमा पोखरा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन ¥यालीका लागि अनुरोध गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
‘यो ¥यालीको बागलुङमा मिलेर व्यवस्थापन गर्छौं’ बागलुङ नगरपालिकाका कार्यबहाक नगर प्रमुख कोपिला मणी शर्माले भने ‘पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँछन् भन्ने सन्देश ¥यालीले दिने छ ।’

¥यालीमा काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङजा, तनहुँ लगायतका जिल्लाबाट सहभागिता रहने आयोजक साईकल सिटीले जनाएको छ । पोखरादेखि सिधै मुस्ताङ पुग्ने पर्यटकले यसपछि बागलुङको बाटो रोज्ने समन्वय गरेका संस्थाहरुको विश्वास छ ।

विदेशी साइकल पर्यटक तथा अन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट समेत दिन खोजिएको हो । साईकल ¥याली बागलुङ कालिकाबाट सुरु भएर बजार परिक्रमा पछि पर्वतको कुश्मा बजारहुँदै पोखराको विन्धबासिनी मन्दिर पुगेर समापन हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->