पोखरा/ एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक युनाइटेड क्लबले बुधबार पत्रकार सम्मेलनमार्फत् मेलाको तयारी थालिएको जनाएको हो ।
महोत्सवकै आम्दानीबाट युनाइटेड क्लबले १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति कोष स्थापना गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले वताए । त्यस्तै आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी विभिन्न दूरदराजका गाउँहरुमा खेलकुदका कार्यक्रमहरु आयोजना गरिएको उनको भनाइ छ ।
क्लवले स्थापना कालदेखीनै उठाउदै आएको पोखरामा मानवनिर्मित खुल्ला चिडियाखाना निर्माणको कामले यतिवेला तीब्रता लिइरहेको वताउदै श्रेष्ठले हालसम्म युनाइटेड क्लवले चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रुपैयाँ नगद प्रदान गरिसकिएको बताए ।
एघारौं पोखरा महोत्सवबाट चिडियाखानाको ठाउमा सेती नदी एक साहसिक पर्यटकीय गन्तब्य निर्माणका लागि केही रकम छुट्याइने अध्यक्ष श्रेष्ठले वताए । प्रत्येक महोत्सवमा प्रति टिकटबाट एक रुपैया सेती नदी संरक्षण अभियानलाई छुट्याइने समेत श्रेष्ठले जानकारी दिए ।
१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन । महोत्सवमा २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।
महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले वताए ।





