बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्लाष्टिक टनेलमा कालो लेउको समस्या

प्लाष्टिक टनेलमा कालो लेउको समस्या


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७९, शुक्रबार

बागलुङ/ प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यवसायीक किसान मर्कामा परेका छन् । व्यवसायीक तरकारी खेतीका लागि तयार पारिएका प्लाष्टिक घर कालो लेउले छोपिएको छ । प्लाष्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ ।

गतबर्ष बनाईएका प्लाष्टिक घरहरु यो बर्षको हिउँदसम्म कालै भएका छन् । बर्षाको समयमा पानीका कारण कालो लेउ लागेका प्लाष्टिक पखाल्ने प्रबिधि नहुँदा समस्या भएको जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान त्रिबिक्रम शर्माले बताए । ‘टनेलमाथी चडेर सफा गर्न मिल्दैन्’ शर्माले भने ‘प्लाष्टिक सफा गर्ने प्रबिधिको खोजी गर्न प्राबिधिकलाई आग्रह गरेका छौं ।’ एक पटक सफा गरे छ महिना प्लाष्टिक सफा रहने गरेको अनुभव शर्माले सुनाए ।

जैमिनीमा रहेका अधिकांश प्लाष्टिक घरमा कालो लेउको समस्या छ । किसानले भ¥याङको प्रयोग गरेर लेउ सफा गरेपनि अत्याधुनिक र ठुला टनेलहरमा समस्या हुने गरेको छ । लेउ लागेको प्लाष्टिकभित्र सूर्यको प्रकाश नपुग्ने र त्यहाँ लगाईएका बिरुवाहरु नबढ्ने तथा उत्पादन कम दिने गरेको अनुभव किसानहरुसँग छ ।

‘पहिलो बर्ष फलेको जस्तो गालभेँडा दोस्रो बर्ष फलेन, मलपानीको समस्या होला भनेर खोजी गरेँ’ अर्का किसान मदन आचार्यले भने ‘रोग किराको संक्रमणसमेत देखिन थालेपछि प्लाष्टिकको लेउका कारणले हो भन्ने लागेको छ ।’ लेउ सफा गरेको समय र लेउले भरिएको समयमा भएको फरक फरक उत्पादनको अनुभव किसानसँग छ ।

किसानले कालो लेउको समस्याबारे कृषि ज्ञान केन्द्र बागलुङलाई पनि जानकारी गराएका छन् । उत्पादनमा असर गरेपछि ज्ञानकेन्द्रका र नगरपालिकाका कृषि प्राबिधिकलाई जनकारी गराईएको फलाँटे कृषि सहकारीका अध्यक्ष मोती प्रसाद पौडेलले बताए । किसानका समस्याबारे जानकारी भएपनि तत्कालै साधानको उपाय नभएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । ‘सफा गर्ने मेसिनको खोजे सहयोग गर्छौ भनेका छौं’ भट्टराईले भने ‘फोहोरा लगाएर प्लाष्टिक सफा गर्न सके किसानको समस्या समाधान हुन्छ ।’

लेउका कारण टनेल बनाईएको प्लाष्टिकको आयुसमेत घटेको किसानको गुनासो छ । पाँच÷छ बर्ष पहिले यस्तो समस्या नभएपनि पछिल्लो समय आँफुहरुले प्लाष्टिक फाट्ने, च्यातिने गरेको समस्या व्यहोरेको किसान लक्ष्मी शर्माले बताईन् । जैमिनीमा किसानले प्लाष्टिक घरभित्र तरकारी उत्पादन गर्दै आएका छन् । बिभिन्न प्रजातीका च्याउसमेत किसानले प्लाष्टिक घरभित्रै उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->