बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एकता सहकारीको २४ औं साधारणसभा

एकता सहकारीको २४ औं साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७९, आइतबार

बागलुङ/ एकता सहकारी संस्था लि. बागलुङको २४ औं वार्षिक साधारण सभा सम्पन्न गरको छ । साधारणसभा उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले सहकारीहरु उत्पादनशिल क्षेत्रमा लाग्नुपर्ने बताए । थापाले सहकारीले छरिएर रहेको पूँजीको सदुपयोग गरेको भन्दै उत्पादन र रोजगारी सिर्जनमा योगदान गरेको बताए ।

संस्थाका अध्यक्ष ध्रुबप्रसाद शर्माको अध्यक्षता, सहसचिव सुनिता पुरीको संचालन र संचालक सदस्य सिर्जु राजभण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक देबबहादुर श्रेष्ठ, सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, सल्लाहकार प्रमिला राजभण्डारी सल्लाहकार महेशचन्द्र प्रधान, कानूनि सल्लाहकार काजीगाउँले श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका सचिव महेन्द्रप्रसाद कडेलले प्रस्तुत गरेको प्रगति प्रीतवेदन तथा प्रस्तावित कार्यक्रम र सस्थाका कोषाध्यक्ष पवनलाल राजभण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

बागलुङ नगरपालिको वडा नं २ आवारोडमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको बागलुङ न.पा ४ उपल्लाचौर काठेखोला गा.पाको रिजालचोक र गल्कोट न.पा को हटिया बजारमा सेवाकेन्द्र खोलि सेवा दिँदै आएको छ । १५७९ शेयर सदस्सहरुलाई सेवा प्रदान गर्दै आई रहेको छ । संस्थाले जेष्ठ नागरिकहरुलाई चाडवाड खर्च, शेयर सदस्यहरुको नवजात शिशुको नाममा बाल शेयर खाता खोल्ने, शेयर सदस्य र शेयर सदस्यहरुको मृत्यूमा राहत, शेयर सदस्यहरुको स्वास्थय विमा , सामुहिक लगानी, उत्पादन शिल लगानी जस्ता सदस्यमुखी कार्यक्रमलाई निरन्तरता दिदै आई रहेको प्रबन्धक दिपक राजभण्डारीले बताए । साधारण सभाको अवसरमा संस्थाका असल कारोवारीको रुपमा १८ जना शेयर सदस्यकहरुलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->