बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराको जिपफ्लायर सबैभन्दा अग्लो र ठाडो

पोखराको जिपफ्लायर सबैभन्दा अग्लो र ठाडो


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७९, आइतबार

पोखरा/ पोखरामा रहेको जिपफ्लायरले विश्वकै सबैभन्दा अग्लो र ठाडोको विश्व रेकर्ड बनाएको छ । हाइग्राउन्ड एडभेन्चर प्रालिले पर्यटकका लागि साहसिक घुमाइको रुपमा स्थापना गरेको जिपफ्लायरको दूरी सराङकोटदेखि हेम्जासम्म रहेको छ ।

आधिकारिक विश्व रेकर्ड नामक संस्थाले उक्त रेकर्ड राखेको प्रमाणित गरेको हो । ५६ डिग्रीमा झुकेको जिपफ्लायरको दूरी एक हजार आठ सय मिटर रहेको छ ।

संचालकमध्येका एक दीनेश महर्जनका अनुसार अघिल्लो हप्तामात्रै विश्व रेकर्डको प्रमाणपत्र प्राप्त भएको हो । उनले विश्व रेकर्डका लागि ३ निकाय रहेको र पहिलो निकायबाट प्रमाणपत्र प्राप्त भएपश्चात अब दोस्रो र तेस्रो निकायबाट समेत विश्व रेकर्डको प्रमाणपत्र लिने तयारी गरिरहेको बताए । अब वल्र्ड बुक अफ रेकर्ड र गिनिज बुक अफ रेकर्डमा नाम सिफारिस हुनमात्रै बाँकी रहेको उनको भनाइ रहेको छ । उनले अबको एक महिनामा वल्र्ड बुक अफ रेकर्डले पनि प्रमाणित गर्ने बताए ।

उनका अनुसार जिपलाइन करिब एक हजार ५५० मिटरको छ । माथिदेखि तल (सराङकोट देखि हेम्जासम्म) हजार पाँच सय ५० मिटरदेखि ९ सय ५० मिटरमा झर्छ । यानेकि ६ सय मिटरको ड्रप हुन्छ । जुन विश्वमा कहिँ पनि नभएको उनको जिकिर छ । त्यही ड्रपले गर्दा बनेको डिग्री समेत विश्वकै पहिलो रहेको उनको भनाइ छ । ५६ डिग्रीमा बनेका कारण विश्वकै सबैभन्दा ठाडो भएको उनले बताए ।

आधिकारिक विश्व रेकर्डले दिएको उक्त प्रमाणपत्रमा लेखिएको छ,‘ओडब्लुआर ले हाइग्राउन्ड एडभेन्चर नेपाल प्रालि (जिपफ्लायर नेपाल) को श्रेणीमा एक नयाँ आधिकारिक विश्व कीर्तिमान स्थापना गर्न’,‘झुकावको डिग्रीमा सबैभन्दा अग्लो जिपलाइन (सबैभन्दा ठाडो), ‘यो एक सरासर ५६ प्रतिशत मा मापन एक झुकाव छ र १.८ किलोमिटर को दूरी कभर लगभग २००० फिट को ठाडो ड्रप छ । श्री भरत गोल्छा, श्री शरद गोल्छा, श्री अभिनव चुरिवाल, र श्री दीनेश महर्जन निर्देशक छन् ।’

सनराइजसँगै जिपफ्लायर

साहसिक घुमाइ मनपराउने पर्यटकका लागि बन्जिजम्प, स्विङ, एटिभीलगायत मनारेञ्जन संचालनमा गर्दै आइरहेको हाइग्राउन्ड एडभेन्चर प्र.लिले जिपफ्लाइ समेत संचालनमा ल्यायो । यसअघि बिहान ९ बजेदेखि मात्रै संचालनमा आएको जिपफ्लाइमा नयाँ आकर्षण समेत थपेका छन् । शनिबारदेखि सूर्योदयसंँगै जिपफ्लाइ गर्न पाइने भएको छ । जुन नयाँ अनुभव रहनेछ । संचालक महर्जनले पर्यटकलाई आकर्षित गर्न नयाँ प्याकेजको व्यवस्था गरेको सुनाए । उनले १२ हजार रुपैयाँको उक्त प्याकेजमा बिहान सूर्योदय हेर्दै ब्रेकफास्ट गरी जिपफ्लायर गर्न पाउने बताए ।

‘हामीले सेवा मात्रै होइन अनुभवसमेत प्रदान गर्ने लक्ष्य लिएका छौं । यो साहसिक घुमाइमा पर्छ । अब त आधिकारिक रुपमा हामी विश्वकै अग्लो र ठाडो जिपफ्लायरको रुपमा घोषित भइसक्यौ’, उनले भने, ‘पर्यटकले अब विश्वकै अग्लो र ठाडो जिपफ्लायर मात्रै होइन सूर्योदयको समयमा समेत जिपफ्लाइ गर्न सक्छन जुन नेपालकै लागि नयाँ हो ।’ उनका अनुसार यसले पर्यटकको पोखराको बसाइ लम्बाउन सक्ने छ । उनले लेकसाइडबाट विहानै पर्यटकलाई लिएर सराङकोट लैजाने सूर्योदयसँगै जिपफ्लाइ गराएर पुनः लिएर आउने व्यवस्था रहेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->