बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सौर्य एयरलाइन्सको जेट पोखरा एयरपोर्टमा

सौर्य एयरलाइन्सको जेट पोखरा एयरपोर्टमा


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०७९, सोमबार

पोखरा/ पोखरामा पहिलो पटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो ।

हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन । आज ‘प्रुभन फ्लाइट’भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमितउडान गर्नेछ ।

विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले काठमाडौ–पोखरा–काठमाडौँ दैनिक २ उडान गर्ने समेत जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानकालागि लोकप्रिय सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित, आरामदायी एवं द्रूतगतिको मानिन्छ ।

आज प्रुभन फ्लाइट सम्पन्न भएसँगै काठमाडौँ–पोखरा–काठमाडौं फ्लाइट नियमित गरिने एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए । सेवा शुभारम्भसँगै आन्तरिक तथा बाह्य पर्यटकको मन जित्ने विश्वास अध्यक्ष पोखरेलको छ ।

‘हाम्रो सेवाले पर्यटनको राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिएको छु । आन्तरिक उडानकालागि लोकप्रिय हाम्रा जहाजको सेवाले यात्रुको मन जित्नेमा आशावादी छु ।’,अध्यक्ष पोखरेलले भने ।
यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको यस एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौँ र पोखराका पर्यटन व्यवसायीहरुसँग समन्वय गर्दै सेवालाई थप चुस्त बनाउने पोखरा स्टेसनका स्टेसन इन्चार्ज जितेन्द्र यादवले बताए ।

पोखराको इतिहासमै पहिलोपटक जेट विमान मार्फत यात्रुलाई सेवा गराउन पाउनु कम्पनी र यात्रुकालागि खुशीको कुरा भएको उनको भनाई छ । सुरुवातमा न्यूनतम भाडा ४ हजार १ सय रुपैयाँ तोकिएको छ । यात्रुको चापअनुसार अन्य एयरलाइन्स सरह मूल्य तोकिने इन्चार्ज यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->