७ सदस्यीय राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर र डेपुटी गभर्नरबाहेक अन्य चार सदस्य हुन्छन् । अर्थसचिव पनि राष्ट्र बैंक सञ्चालक हुने व्यवस्था रहेको छ । अन्य तीन जना सञ्चालक भने नेपाल सरकार मन्त्रिपरिषद्ले नियुक्त गर्छ ।
अर्थसचिव सहित अन्य तीन जना सञ्चालकले भने तलब पाउँदैनन् । तर उनीहरुले बैठक भत्तासहित अन्य सुविधा भने प्राप्त गर्छन् । गत आव २०७८/७९ मा राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नर तलबमा ३९ लाख ५७ हजार ६०० रुपैयाँ भुक्तानी भएको छ । यस्तै सञ्चालकको बैठक भत्ता १८ लाख ९५ हजार र सञ्चालकहरुको अन्य सेवा सुविधा वापत १ करोड १३ लाख १ हजार ३११ रुपैयाँ भुक्तानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नरको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा वापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।
हेर्नुहोस् तलबभत्ताको सूचीः
| नाम | पद | तलब रु. | बैंठक भत्ता रु. | अन्य सेवा सुविधा रु. |
| महाप्रसाद अधिकारी | गभर्नर | १४ लाख १८ हजार ४०० | ३ लाख ५ हजार | ३१ लाख ८१ हजार ८५५ |
| मधुकुमार मरासिनी | अर्थ सचिव | – | २ लाख ५८ हजार | ४ लाख ८५ हजार ४२५ |
| शिशिरकुमार ढुंगाना | अर्थ सचिव | – | १० हजार | ३१ हजार २३८ |
| निलम ढुंगाना (तिम्सिना) | डेपुटी गभर्नर | १२ लाख ६९ हजार ६०० | २ लाख ७३ हजार | २७ लाख १७ हजार ५१३ |
| बमबहादुर मिश्र | डेपुटी गभर्नर | १२ लाख ६९ हजार ६०० | २ लाख २ लाख ९६ हजार | २६ लाख ३६ हजार ४१७ |
| चिन्तामणी शिवाकोटी | सञ्चालक | – | ९० हजार | ३५ हजार ५६४ |
| डा. शंकरप्रसाद आचार्य | सञ्चालक | – | ९० हजार | २३ हजार ४१२ |
| श्रिराम पौडेल | सञ्चालक | – | २ लाख ६ हजार | ११ लाख ३२ हजार ३५४ |
| रामजी रेग्मी | सञ्चालक | – | २ लाख १५ हजार | ३ लाख ६२ हजार ०१९ |
| डा. सुवोधकुमार कर्ण | सञ्चालक | – | १ लाख ५२ हजार | ६ लाख ९५ हजार ५१६ |





