पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको दिन पोखरा महानगरपालिकाले विदा दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन समारोहमा ब्यापक जनसहभागिता जुटाउने उदेश्यले आईतवार विदा दिने निर्णय गरेको हो ।
महानगरले सूचना प्रकाशित गरी पोखरा महानगर, महाशाखाहरु, शाखाहरु, वडा कार्यालय र त्यस अन्तरगतका सवै शैक्षिक संस्थाहरुलाई विदा दिने जानकारी गराएको छ ।
पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको आईतवार दिउसो ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् । तर सो दिन अन्तराष्ट्रिय उडान भने नहुने भएका छन् ।






