बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७९, आइतबार

पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । यसअघि त्यस क्षेत्रका हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ । जहाजबाट आएका प्रधानमन्त्री प्रचण्डलगायतलाई  रातो कार्पेट विच्छाएर फूलमाला र पञ्चकन्याले स्वागत गरेका थिए। विमानस्थलबाट आज अन्तर्राष्ट्रिय उडान भने भएन । अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने छ ।
अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार सार्वजनिक बिदा दिएको छ । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो।


तस्वीरः प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->