आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रधानमन्त्री प्रचण्डले ठूला परियोजनामा लगानी गर्न चीनसँग गरे आग्रह

प्रधानमन्त्री प्रचण्डले ठूला परियोजनामा लगानी गर्न चीनसँग गरे आग्रह


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७९, आइतबार

पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष आग्रह गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुने बताए ।

‘अहिले चीनले नाकाहरु खोल्ने र रेलवे निर्माणका लागि सर्वे प्रक्रिया अघि बढाएको छ । अन्य ठूला परियोजना अघि बढेको छ’ प्रचण्डले भने, ‘म चीन सरकारसँग अपिल गर्न चाहान्छु यसलाई गति दिएर सम्पन्न गरेर नेपाली युवाहरुका लागि रोजगारी सिर्जना गर्ने र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्ने सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्न चाहान्छु ।’

प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा अब पोखरा धेरै राष्ट्रसँग सिधै सम्पर्क गर्ने केन्द्र बनेको बताउदै यसले कास्की, गण्डकी प्रदेश र नेपालकै अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्न सुनिश्चित भएकोमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा सरकारले अव चौथो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रकृया सुरु गर्न लागेको समेत बताए । ‘तपाईंहरुलाई थाहा छ । गण्डकी प्रदेशकै गोर्खा जिल्लाबाट चुनाव जितेर तपाईंहरुको आशिर्वादले प्रधानमन्त्री भएँ,’ उनले भने, ‘आर्थिक विकास गर्न विमानस्थल आवश्यक रहेकाले अब छिट्टै निजगढ विमानस्थल निर्माणका काम अगाडि बढ्छ ।’

विमानस्थल निर्माणको प्रक्रियामा जग्गा अधिकरण गर्ने शंकरराज पाठक आफ्नो गुरु भएकाे प्रचण्डले बताए। ‘आदरणीय शंकरराज सरलाई सम्मान गरौं । मैले २०२७ सालमा पाटन क्याम्पस हुँदा उहाँ प्रोफेसर हुनुहुन्थ्यो । उहाँका छोरा र म क्लास मेट हौं।’

प्रचण्डले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो कार्यकाल आर्थिक विकास र समृद्धि, सामाजिक न्याय र सुशासनका निमित्त रहेको सुनाए ।

प्रचण्डले आफ्नो चीन भ्रमणको स्मरण गर्दै चिनियाँ नेतृत्वसँग पहिलो पटक चीन जाँदा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग र महासचिव तथा राष्ट्रपति सी चिनफिङसँग पनि पोखरा विमानास्थल निर्माणबारे चर्चा गरेको बताए ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो। यो सहित नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->