बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रदेशकै पुरानो सहकारीले नयाँ नेतृत्व पाउने

प्रदेशकै पुरानो सहकारीले नयाँ नेतृत्व पाउने


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७९, मंगलबार
फाईल तस्विर

बागलुङ/ गण्डकी प्रदेशकै पुरानो कालिका सहकारी संस्था बागलुङले सञ्चालक समितिमा नयाँ नेतृत्व चयन गर्ने भएको छ । आगामी पुस २३ गते हुने साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।
सहकारीको निर्वाचन कार्यक्रमअन्र्तगत पुस १४ र १५ गते भएको उम्मेदवारी दर्तामा उपाध्यक्ष र कोषाध्यक्षमा आवश्यकताभन्दा धेरैको उमेद्वारी परेको छ । एक जना मात्रै उपाध्यक्षका लागि तीन र कोषाध्यक्षका लागि दुई जनाको उमेद्वारी दर्ता भएको छ ।

अध्यक्ष र सचिवमा भने एक÷एक जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक अधिबक्ता राजु गौतमले जानकारी दिए । अध्यक्षका लागि वहालवाला अध्यक्ष हिमाल शर्माको एकल उम्मेदवारी परेको छभने उपाध्यक्षका लागि गीता शर्मा, राजेशचन्द्र राजभण्डारी र मुक्तिराम सापकोटाले उम्मेद्वारी दिएका छन् । सचिवमा बहालवाला सचिव भुपाल चालिसेको उम्मेद्वारी दर्ता भएको गौतमले जानकारी दिए ।

त्यस्तै, कोषाध्यक्षका लागि रेशमलाल सापकोटा र बद्रि ढुंगानाले उम्मेद्वारी दिएका छन् । सदस्यहरुमा श्याम प्रसाद शर्मा, पोशकनाथ शर्मा, शालिग्राम शर्मा, सुदीप कँडेल, बलराम गौतम, दुर्गादेवी आचार्य शर्मा, सरस्वती शर्मा र जिवननाथ शर्मा रेग्मीको उम्मेद्वारी परेको छ । यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकका लागि राजकुमार पौडेलले उम्मेद्वारी दिएका छनभने दुई जना सदस्य रहने समितिमा केदार शर्माको मात्रै उमेद्वारी परेको छ ।

‘चिर्वाचन तालिका अनुसारको प्रकृया अघि बढेको छ, साधारणसभासम्म सर्वसम्मत नेतृत्व चयन गर्छौं भन्नुभएको छ’ गौतमले भने ‘उपाध्यक्ष र कोषाध्यक्षमा सर्वसम्मत हुन नसके मतदान प्रक्रियाबाट टुंगो लाग्छ ।’ बागलुङमा रहेका सहकारीमध्ये निकै कम सहकारीमा मात्रै नेतृत्वका लागि एक वा एकभन्दा बढीले चाहना राख्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->