पर्वत / हातहतियार तथा खरखजना सम्बन्धि मुद्धामा कैदा सजाय फैसलापछि फरार दुई जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ ।
२०७८ फागुन ११ गतेको फैसलाले हातहतियार तथा खरखजना सम्बन्धि मुद्धामा ११ महिना २७ दिन कैद सजाय पाएका ओम बहादुर मल्ल र विरबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
महाशिला गाउँपालिका ५ का ४५ वर्षिय मल्ल र ३६ वर्षिय गुरुङलाई देउपुर प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई अदालत मार्फत कारागार चलान गरेको प्रहरीले बताएको छ ।





