बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारी प्रवद्र्धनमा प्रदेश सरकार क्रियाशिल: मन्त्री बुढा

सहकारी प्रवद्र्धनमा प्रदेश सरकार क्रियाशिल: मन्त्री बुढा


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७९, शनिबार

बागलुङ/गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले सहकारीलाई नियमन मात्र नगरी प्रवद्र्धनको लागि सरकारले काम थालेको बताएका छन् । उनले सहकारीको मोडल राज्यका हरेक निकायले पनि आत्मसाथ गर्नुपर्ने बताए ।
शनिवार गण्डकी प्रदेशको पुरानो सहकारी बागलुङ स्थित कालिका सहकारी संस्थाको ५ औं साधारणसभा उद्घाटन गर्दै सहकारीले छरिएको पूजि एकीकरण गरेर देशको बिकासको साझेदार बनेको बताए । उनले गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले पनि सहकारीलाई साथ लिएर काम गरे सफल हुने धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सभासद इन्दलाल सापकोटा, संस्थाका सल्लाहकार श्रीप्रसाद शर्मा, धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख डा.रामप्रसाद उपाध्याय, संरक्षककृष्णराज शर्मा र ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष हिमालप्रसाद शर्माको अध्यक्षता, सचिव भूपाल चालिसेको संचालन र उपाध्यक्ष गीता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव भुपाल चालिसेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रेशम सापकोटाले आर्थिक प्रतिवेदन र लेखा संयोजक राजकुमार पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीको साधारण सभाले हिमाल शर्माको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गीता शर्मा, सचिवमा भुपाल चालिसे, कोषाध्यक्षमा रेशम सापकोटा र सदस्यहरुमा सुदिप कँडेल, सरस्वती शर्मा, दुर्गा आचार्य शर्मा, शालिकराम शर्मा, श्याम प्रसाद शर्मा र जीवननाथ रेग्मी तथा लेखा समितिको संयोजकमा राजकुमार पौडेल र सदस्यमा केदार प्रसाद शर्मा सर्वसम्मत रुपमा चयन भएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->