बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारीको छवि बिग्रन नदिऔं : नगर उपप्रमुख खड्का

सहकारीको छवि बिग्रन नदिऔं : नगर उपप्रमुख खड्का


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७९, शनिबार

बागलुङ / बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाको २१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अहिलेसम्म सहकारीको छवि राम्रो भएको बताए । उनले सहकारीको छविलाई लामोसमयसम्म पनि विग्रन नदिन सवैले ध्यान दिनुपर्ने वताए ।
कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य कृष्ण शंकर श्रेष्ठले सहकारीलाई नियमन गर्ने आधिकारिक निकाय नभएर सास्ती भएको बताए । पहिला सहकारी बोर्डदेखि बिभाग र डिभिजनले अनुगमन गर्ने सहकारी स्थानीय तहमा आएर पनि चासो कम भएको टिप्पणी गरे । उनले एकडेढ बर्षदेखि सहकारी माथी प्रश्न उठ्न थालेको भन्दै समस्या नआउने गरी काम गर्न सुझाए ।
बागलुङ सहकारी संस्थाका अध्यक्ष अशोक गोबिन्द राजभण्डारीको अध्यक्षता, सचिव हरिप्रसाद गौतमको संचालन र सहसचिव उषा पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा जेष्ठ सदस्य कृष्णबहादुर श्रेष्ठ, देवबहादुर श्रेष्ठ, सीता शर्मा, श्याम श्रेष्ठ, बेदप्रसाद शर्मा लगायतले बोलेका थिए ।
सहकारीले केही समयदेखि सुपथ मूल्य पसल पनि संचालनमा ल्याएको छ । पसलमा १२ लाखको सामान मौज्दात रहेको र गत असार सम्ममा ७२ लाखको सामान खरिद गरी ६७ लाखको बिक्री गरिसकेको र १७ लाखको सामान मौज्दात रहेको जानकारी दिइएको थियो । पसलबाट ९ लाख ६० हजार सहित संस्थाले १ करोड ७० लाख नाफा कमाएको छ । संस्थामा ८ सय २० शेयर सदस्य छन् । संस्थाले उत्कृष्ठ कारोवारी, बचतकर्ता र ऋणीलाई समेत सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->