बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रगतिको साधारणसभा सकियो, सिम्रिकको अध्यक्षमा चुडामणी सर्वसम्मत

प्रगतिको साधारणसभा सकियो, सिम्रिकको अध्यक्षमा चुडामणी सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७९, आइतबार

बागलुङ / शुक्रवारबाट सुरु भएको प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङको १६ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । काठेखोला २ भीमापोखरा सेवा केन्द्रबाट शुक्रवारदेखि शुरु भएको साधारणसभा शनिवार बागलुङ बजारमा मुख्य सभा गरी सम्पन्न भएको हो ।

शनिवार बागलुङ बजारमा भएको साधारणसभाको उद्घाटन संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल कुमारले एक कार्यक्रमका विच गरे । सो कार्यक्रममा संस्थाका सल्लाहकार दिपक गौतम, डिल्लीराज गौतम, टिकाराम सापकोटा, सम्मानित जेष्ठ नागरिक रमाकान्त पौडेल, पूर्व कोषाध्यक्ष एवँ प्रवन्धक पृथ्वीराज गौतम र शेयर सदस्य बिष्णु शर्मा आचार्य लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा पौने २ अर्बभन्दा बढिको कारोवार गरेको जनाएको छ । आर्थिक बर्ष ०७८/०७९ मा प्रगति सहकारीले १ अर्ब ८२ करोड ९० लाख ७ हजार ५ सय ९१ रुपैयाँ कारोवार गरेको संस्थाका कोषाध्यक्ष तुलसीनाथ गौतमले जानकारी दिए ।

कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मानसहित भत्ता वितरण गरिएको थियो भने उत्कृष्ठ कारोवारी र वचतकर्तालाई पुरस्कार दिइएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष पौडेलले, स्वागत उपाध्यक्ष तोयानाथ गौतमले र सञ्चालन सचिव उदयचन्द्र चपाईले गरेका थिए ।

सिम्रिकको अध्यक्षमा चुडामणी र सचिवमा रमेश सर्वसम्मत
बागलुङमा संंचालित सिम्रीक कृषी तथा पशु व्यवसायीक सहकारी संस्थाको ८ औ बार्षिक साधारणसभा चुडामणी उपाध्यायको अध्यक्षतामा नयाँ संचालक समिति चयन गर्दै सम्पन्न भएको छ ।

समितिको उपाध्यक्षमा रीता थापा, सचिवमा रमेश पौडेल, कोषाध्यक्षमा जगन्नाथ सापकोटा, सदस्यमा भुमिराज गैरे, भिमकुमारी शर्मा, डिल्लीप्रसाद सापकोटा, सोविता आचार्य र बिश्व गौतम चयन भएका छन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा रीता शर्मा, सदस्यमा रामचन्द्र बास्तोला र इन्द्रबहादुर जिसी चयन भएको संस्थाले जनाएको छ ।

साधारणसभाको उद्घाटन जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाले गरेका थिए । साधारणसभामा कृषि सहकारी संघका अध्यक्ष थापा, वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मण केसी, सल्लाहकार डिलबहादुर कार्की, डाक्टर डिल्लीराज गौतम र संचालक भुमिराज गैरे लगायतले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->