बागलुङ / कपडा तथा फेन्सी व्याव्सायी समिति बागलुङको १३औं बार्षिक साधारण सभा शनिबार एक समारोहका बिच सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगपालिकाका नगर उप–प्रमुख राजु खड्काले व्यापार व्यवसायमा नयांपन र नयाँ शैली अपनाउनुपर्ने बताए प्रतिस्पर्धाको बजारमा उच्चस्तरको व्यापारले मात्र सफलता पाउन सकिने भन्दै उपप्रमुख खडकाले व्यापार व्यवसायमा भएका समस्या समाधानका लागि एकिकृत योजना बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य सघंका उपाध्यक्ष राजनकुमार शाक्य, महिला उद्यमबिकास समितिका अध्यक्ष अर्चना पालिखे, नेपाल उद्योग व्यापार संगठनका उपाध्यक्ष प्रकाशप्रसाद शर्मा, कपडा तथा फेन्सी व्यावसायी समितिका संस्थापक अध्यक्ष हरिलाल सुबेदी, फर्निचर व्याव्सायी समितिका अध्यक्ष बालकृष्ण सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र पत्रकार कोपीला कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
सो अवसरमा कपडा तपथा फेन्सी व्याव्सायी समितिलाई महत्वपुर्ण सहयोग गर्ने व्यावसायीहरु हरिकृष्ण भारी, रघुनाथ राजभण्डारी, हरिलाल सुबेदी र शोभाकुमारी पौडेललाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साधारण सभामा संस्थाका सचिव प्रेमलाल गौतमले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोकुल प्रसाद कँडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरे । कार्यक्रम समितिका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष डिबि कार्कीको स्वागत र द्धितिय उपाध्यक्ष गोबिन्द सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।





