बागलुङ / धौलागिरि अन्चल यातायात सेवा प्रालि बागलुङको तेस्रो वार्षिक साधारणसभा बुधवार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभामा सहभागी ट्याक्सी व्यवसायीहरुले बागलुङबाट संचालन हुँदै आएको ट्याक्सी पोखरा लगायतका शहरमा जाउआउ गर्न सहज नभएको गुनासो गरेका छन् ।
उनीहरुले अझै पनि यातायात कार्यालयबाट पटके काट्नु पर्ने बाध्यता कायमै भएको हुँदा यसलाई समाधान गर्न समबन्धीत निकायले ध्यान दिनुपर्ने वताए ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगर भित्रबाट संचालन हुदै आएको ट्याक्सीलाई व्यवस्थित रूपमा संचालन गर्नका लागि नगरपालिकाले दिर्घकालीन योजना बनाउने लागेको सुनाए ।
नगर प्रमुख श्रेष्ठले समाजमा रहेका बेरोजगार युवालाई तालिम दिएर रोजगार बनाउन अहिले संचालन भइरहेको ट्याक्सीलाई आधुनिक डिजिटल प्रविधि मार्फत यात्रुहरूले सेवा पाउने एप्स बनाउन नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्का अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नवीन शिशिर विक, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेल, कुश्मा यातायात प्रालिका सागर गिरि लगायतका वक्ताहरूले जनतालाई प्रत्यक्ष रूपमा सेवा दिदै आएको ट्याक्सी व्यववसायीलाई मर्यादित बनाउन जरुरी रहेको धारणा राखे ।

धौलागिरि अन्चल यातायात सेवा प्रालिका अध्यक्ष बलराम सापकोटाको सभापतित्वमा समपन्न भएको कार्यक्रममा प्रालिका सदस्य राजु विक र प्रालिका सचिव अनुप खड्काले सञ्चालन गरेका थिए ।
धौलागिरि अन्चल यातायात सेवा प्रालि अन्तर्गत बागलुङमा मुख्य कार्यालय मार्फत १०५ वटा ट्याक्सीले बागलुङ, पर्वत, म्याग्दी, पोखरा लगायतका शहरमा सेवा दिइरहेका छन् ।





