पोखरा / पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । युनाइटेड क्लब महोत्सवको आयोजक हो ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्यमशीलता विकास र उत्पादकत्व वृद्धिले मात्र युवा पलायन रोकिने धारणा राखे । गण्डकी प्रदेशसभा सांसद वेदबहादुर गुरुङ (श्याम)ले गण्डकी प्रदेशमा आर्थिक र पर्यटकीय गतिविधी बढाउनका मेला र महोत्सव सहायक भएको बताए ।
अर्का प्रदेश सांसद सांसदद्धय भीम कार्की र प्रकाश बरालले युनाइटेड क्लबले सम्पादन गरेका सामाजिक कामको प्रशंसा गरे । कार्यक्रममा राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोला,कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही,अमरसिंह माविका प्रध्यानाध्यापक तेजस्वी बराल, कोलपाटन आमा समूहकी अध्यक्ष सावित्री पौडेल, युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले बोलेका थिए ।
युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
महोत्सवको पूर्वसन्ध्यामा पोखरा रंगशालादेखि महोत्सव स्थलसम्म झाँकी तथा ¥यालीको आयोजना गरिएको थियो । झाँकीमा नेपाल मगर संघ रामबजार इकाइले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा भुरुँदी स्यो बौद्ध अर्घांै तमु समाज द्धितीय, डढुवा दुर्छा लमजुङ तमु समाज तृतीय र थारु समाज कास्कीले सान्त्वना स्थान हासिल गरे ¥यालीतर्फ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा १० प्रथम, सुनकोशी आमा समूह पोखरा १० द्धितीय, नेपाल तामाङ घेदुङ संघ कास्की तृतीय र नागवेली सिर्जनशील आमा समूहले सान्तवना स्थान हासिल गर्न सफल भयो ।




