बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रास्वपाका सांसद ढाकाकुमार संलग्न सहकारी डुब्यो ढाकाकुमारमाथि पनि दोष

रास्वपाका सांसद ढाकाकुमार संलग्न सहकारी डुब्यो ढाकाकुमारमाथि पनि दोष

ढाकाकुमार भन्छन् : मैले गलत गरेको छैन


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०७९, शनिबार

पोखरा/ खासै चर्चामा नरहेका कास्कीका मेडिकल डाक्टर ढाकाकुमार श्रेष्ठले एकाएक राजनीति रोजे । केही वर्ष यहाँको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका उनी पोखरामै निजी क्लिनिक चलाउँथे । संचारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) खोेलेपछि उनी त्यसको गण्डकी प्रदेश अध्यक्ष बने । पार्टीले उनलाई आदिवासी जनजातितर्फबाट समानुपातिकको बन्द सूचीमा राख्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जना समानुपातिकतर्फको सांसद पाउँदा ढाकाकुमारको भाग्य चम्कियो । उनी ‘माननीय’ बने । माननीय बनेसँगै उनीमाथि नीति निर्माण गर्ने दायित्व थपिएको छ । समाज परिवर्तनको नारासहित राजनीतिमा होमिएका उनीमाथि ‘केही गरेर देखाउने’ चुनौती छ ।

तर,रास्वपा) बाट संघीय सांसद बनेका उनै डाक्टर ढाकाकुमार श्रेष्ठ आर्थिक विवादमा तानिएका छन् । रास्वपाको तर्फबाट स्वास्थ्यमन्त्रीको लागि लबिङ गरिरहेकै बेला उनी संलग्न साथी किसान सहकारी संस्था डुबेसँगै उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको हो । २०५९ सालमा स्थापित तथा पोखरा ८ रत्नचोकमा कार्यालय रहेको सहकारी अहिले बन्द छ ।

सहकारीले बचतकर्ताहरुको ८२ लाख ७२ हजार दुई सय रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । तर,रकम नै नभएपछि कार्यालय नै बन्द गरिएको सो सहकारीका कोषाध्यक्ष तारापति सुवेदीले बताएका छन् । सहकारी बन्द भएसँगै बचतकर्ताहरुले आफ्नो रकम फिर्ता गर्न पोखरा महागनरपालिकाको सहकारी डिभिजन गुहारेका थिए । उनीहरुले सहकारी डुब्नुमा निवर्तमान अध्यक्ष ढाकाकुमार श्रेष्ठसमेत दोषी रहेको जिकिर गरेका थिए ।

तर,ढाकाकुमारले भने त्यो आरोपको खण्डन गरे । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘राजनीतिमा व्यस्त भएपछि मैले गएको कात्तिक ७ गते नै साधारणसभा गरेर अध्यक्ष पद छाडेको हुँ । त्यो बेला सवै शेयर सदस्यहरुलाई संस्थाको अवस्थाबारे जानकारी गराएकै हो । अध्यक्ष छाडेपछि नयाँ कार्यसमितिलाई हरहिसाब र सम्पत्ति बुझबुझारथ गर्नुपर्ने रहेछ, त्यो चाहिँ मैले थाहै पाइन ।’ उनले सहकारीले कर्जा प्रवाह गरेको १ करोडभन्दा बढी रकम उठाउन बाँकी रहेको र आउँदो ३ महिनाभित्र सवै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति भएको पनि जिकिर गरे ।

उनले नयाँ कार्यसमितिलाई सवै हिसाबकिताब बुझाएको र अब समस्या सल्टिएको पनि जिकिर गरे । ‘हिसाब बुझाउनु भएन । हिसाब बुझाउनु भएन भन्ने उहाँहरु (नयाँ कार्यसमिति) लाई लागिरहेको रहेछ । त्यै भएर आज मैले सम्पूर्ण कुराहरु खोल्दिएछु । सबै हिसाब किताब दिएको छु उहाँहरुले बुझ्नुभयो’,उनले भने । त्यो कुरामा वर्तमान अध्यक्ष डा. शनी पाठकले पनि सहमति जनाए । नयाँ अध्यक्ष डा. शनीले सहकारी समस्याग्रस्त भएको स्वीकारे ।

डा.ढाकाकुमारले कोरोनाकालबाटै सहकारी समस्यामा परेको र सहकारीले बजारमा उठाउनुपर्ने रकम उठाउन नसकिएको स्वीकारे । चेक साटिएन अनि सहकारी नै बन्द भएको रहेछ । मैले बीचमा बन्द भएको सहकारी कार्यालय खोल्नका लागि पहल पनि गरेँ, दुई दिन खोलियो त्यसपछि पुनः बन्द भयो’,उनले भने । ढाकाकुमारले कार्यवाहकको जिम्मेवारी दिएका चेत हमालले आफुलाई व्यवस्थापनका बारेमा केही थाहा नभएको कारण समस्या परेको स्वीकारे । पनि नआएपछि सहकारी बन्द गर्नुपर्ने स्थितिमा पुगेको सुनाए ।

संचालक समितिकाहरुले नै तिरेनन् ऋण

यता, सोही सहकारीमा म्यानेजर पदमा रहेर काम गरेका विशाल बस्ताकोटीले सेवाग्राहीको रकम हिनामिना गर्न संस्था दोषी रहेको जिकिर गरेका छन् । उनले २५ हजारको जागिर खानका लागि १० लाख रुपैयाँ लिएर आउन भनेपछि पदबाटै राजीनामा दिएको दाबी गरे । ‘२५ हजारको जागिर खान मलाई १० लाख रुपैयाँ ल्याउन भनियो । त्यसपछि मैले सहकारी छाडँे’ उनले भने । वस्ताकोटीले संस्थाको कार्यसमितिलाई पटक–पटक सूचना गर्दै आपतकालीन बैठक डाक्दा समेत कोही पनि नआउँदा संस्था बन्द गर्नुपर्ने स्थितिमा आएको सुनाए ।

उनका अनुसार संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको थियो । ‘मेरो कार्यकालमा संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी थियो । यदि उनीहरुले त्यो रकम दिने हो भने बचतकर्तालाई रकम प्रदान गर्न गाह्रो छैन् । संस्थाको अडिटमा समेत समस्या छ । ऋणमा गएको संस्था नाफामा गएको अडिट भएर आयो यो सुन्दा अचम्म लाग्यो ।’ उनले सहकारीबाट विना धितो ऋण प्रवाह गरिएको र गलत अडिट रिपोर्ट पेश भएको दोहो¥याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->