आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

दुर्घटनाग्रस्त विमानमा थिइन् बागलुङकी गायिका निरा छन्त्याल

दुर्घटनाग्रस्त विमानमा थिइन् बागलुङकी गायिका निरा छन्त्याल


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७९, आइतबार

पोखरा / पोखराको घारीपाटननजिकै सेती नदीको खोंचमा आइतवार दुर्घटनामा परेको यति एयरलाइन्सको विमान दुर्घटनामा चर्चित लोक गायिका निरा छन्त्याल पनि रहेको खुलेको छ। बागलुङ घर भएकी गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन यतिको एएनसी एटीआर-७२ जहाजमा काठमाडौंबाट आएकी थिइन्।

६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार विमानका यात्रु सूचीको ११ नम्बरमा उनको पनि नाम छ। गायिका छन्त्यालले शनिबार फेसबुकमार्फत आफू पोखरा जान लागेको लेखेकी थिइन्।

‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले लेखेकी थिइन्। आइतवार मात्रै उनले माघे संक्रान्तिको शुभकामना पनि दिएकी थिइन्। यही शुभकामना दिएर पोखरा उडेकी उनी विमान दुर्घटनामा परिन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->