बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दरवारको झल्को दिने त्रिपुरा लाउन्ज बार संचालनमा

दरवारको झल्को दिने त्रिपुरा लाउन्ज बार संचालनमा


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७९, बिहिबार

पोखरा/ पर्यटकीय नगरी पोखरामा दरबारको झल्को दिनेगरी लाउन्ज बार संचालनमा आएको छ । सुरेशकुमार श्रेष्ठको लगानीमा पोखरामा नयाँ प्रकृतिको लाउन्ज संचालनमा ल्याएका हुन् । ‘मैले नयाँ सोचले यो संचालनमा ल्याएको हुँ । दरबारको झल्को दिने सोचेको छु । हामीले दरबारको कथा र इतिहास सुनेका छौं ।

त्यसैले पोखरा घुम्न आउने पर्यटकका लागि यो संचालनमा ल्याएका हौं,’ उनले भने,‘यहाँ शाही खानाको परिकार दिने सोच पनि छ । इतिहास र आधुनिकतालाई मिश्रित गरेर अघिबढेको हुँ ।’ उनका अनुसार लाउन्जबार निमार्ण गर्नमात्रै चार वर्ष लागेको थियो ।

निमार्णका दौरान दरबारको आकृति बनाउनका लागि पोखरामा कामदार नै नभेटिँदा रुन मन लागेको समेत उनको भनाइ छ । ‘हामीले सुनको दरबार, सेतो दरबार सुनेको छौं । इतिहासलाई समेट्ने गरी मैले यहाँ राजाहरुको फोटो राख्ने सोच बनाएको छु । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको त शालिक नै बनाएको छु,’ उनले भने,‘यो कामका लागि मैले पैसा दिँदा काम गर्ने समेत भेटिन । लाउञ्जमा चाँदीको थालमा चाँदीको चम्चाले खाना खुवाउने व्यवस्था गरिएको उनले सुनाए । लाउन्ज बारमा विभिन्न खानाका परिकारका साथै रातको समयमा सांगीतिक कार्यक्रम समेत हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->