बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चौथो देवचुली महोत्सव सुरु

चौथो देवचुली महोत्सव सुरु


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७९, शुक्रबार

नवलपुर/ चौथो देवचुली महोत्सव बिहीबारबाट सुरु भएको छ । माघ १५ गतेसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरिबहादुर चुमानले उद्घाटन गरे ।

गण्डकी प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका चुमानले मेला महोत्सवको उदेश्यसँगै लक्ष्य समेत निदृष्ट हुनुपर्ने बताए । उनले स्थानीयस्तरमा आयोजना हुने महोत्सवबाट स्थानीय उत्पादन, सीप, प्रविधि, आर्थिक रुपमा परिवर्तन ल्याउनसक्ने खालका प्रवद्र्धनात्मक गतिविधि महत्वमा पर्नुपर्ने बताए ।

प्रदेश सरकारले समेत कृषि, पर्यटन लगायतका क्षेत्रको उत्थानका निम्ति जोड दिइरहेको जिकिर गर्दै उद्योग वाणिज्य संघले यसअघि भएका महोत्सवको उपलब्धि र प्रतिफलका बारेमा समीक्षा र मूल्यांकन गर्न जरुरी रहेको बताए ।

प्रदेशसभाको पहिलो कार्यकालमा आन्तरिक मामिलामन्त्री समेत भइसकेका चुमान नयाँ मन्त्री बनेपछि पहिलो पटक नवलपुर आएर महोत्सव सफलताको शुभकामना दिने क्रममा उनले अधिकांश भनाइसुझावका रुपमा राखे ।

गण्डकी प्रदेशका सांसदद्वय महेन्द्रध्वज जिसी र रोशनबहादुर गाहाले महोत्सवले स्थानीयस्तरको पूँजी बाहिरिने परिपाटीको अन्त्य हुनुपर्ने धारणा ब्यक्त गरे ।

संघका अध्यक्ष एवं महोत्सव ब्यवस्थापन मूल समितिको संयोजक सूर्यप्रसाद दवाडीको अध्यक्षता रहेको उद्घाटन समारोहको औपचारीक कार्यक्रमको संचालन सत्यनारायण भुसालले गरेका थिए ।
उद्घाटन समारोहलाई नगरप्रमुख हरिप्रसाद न्यौपाने लगायत, विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै उपस्थित एक दर्जन ब्यक्तिले बोलेका थिए । उद्घाटन समारोहमै विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन भएको थियो ।

महोत्सवमा उद्योग, व्यापार, कृषि पर्यटन क्षेत्रको प्रदर्शनी, सूचना जानकारीलाई प्राथमिकतामा राख्दै मनोरञ्जनका लागि फनपार्क, सांस्कृतिक समारोहको व्यस्थापन गरिएको छ ।

यसअघि देवचुली नगरपालिका वडा नं. १६ स्थित देवचुली माविको खेल मैदानबाट महोत्सव स्थल देवचुली १७ फारमस्थित वरचुली माविको खेल मैदानसम्म शोभायात्रा निस्किएको थियो । शोभायात्रामा सांस्कृतिक झाँकी, बाजागाजासहित सामाजिक संघसंस्था, व्यवसायिक संस्था, विद्यालयका ब्यानरसहित सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->