बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा महोत्सव एक दिन लम्बियो, माघ १० सम्म चल्ने

पोखरा महोत्सव एक दिन लम्बियो, माघ १० सम्म चल्ने


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७९, सोमबार

पोखरा / पोखरा महोत्सव थप एक दिन लम्बिएको छ । माघ ९ गतेसम्म चल्ने तय भएको पोखरा महोत्सव १ दिन थप गरिएको हो । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनाका दिन आयोजकले महोत्सव स्थगित गरेकाले महोत्सवको अवधि थप गरिएको महोत्सव आयोजक युनाइटेड क्लब अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आयोजित विद्यालय स्तरीय सामूहिक लोकनृत्य प्रतियोगिताको उपाधि मेरिगोल्ड इङ्लस बोर्डिङ स्कुलले हात पारेको छ । मेरिगोल्डले नगद ४० हजार, सिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो । कास्की मोर्डनाइज एकेडेमीले दोस्रो स्थान हासिल गर्दै नगद २५ हजार, सिल्ड र प्रमाणपत्र पायो ।

मेट्रोपोलिटन एकेडेमी तेस्रो बनेर नगद १५ हजार, सिल्ड र प्रमाणपत्र पायो । भ्यु प्वाइन्ट बोर्डिङ स्कुलले शान्त्वना बन्दै नगद ७ हजार, सिल्ड र प्रमाणपत्र पायो । प्रतियोगितामा २० स्कुलको सहभागिता थियो ।

विजयीलाई पुरस्कार प्रायोजक युएनआइ एक्सपर्ट एलइडी लाइटिङका सञ्चालकहरु पियुस कठारी, वीरबहादुर कँडेल र चन्द्रबहादुर थापा, महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना लगायतले नगद, सिल्ड र प्रमाणपत्र प्रदान गरे ।

महोत्सवमा सोमाबार लोकदोहोरीतर्फ श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरि ढुंगाना, मधु थापामगर, किसन नेपाली, सानु विकास, कमला सुनार लगायतको प्रस्तुति रहने छ भने साँझको लाइभ ब्यान्डतर्फ मन्त्रको प्रस्तुति रहने प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->