बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

योजना आयोगको उपाध्यक्षमा म्याग्दीका डा. मीनबहादुर श्रेष्ठ

योजना आयोगको उपाध्यक्षमा म्याग्दीका डा. मीनबहादुर श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७९, सोमबार

पोखरा / राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराए ।

२०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । श्रेष्ठ नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए ।

श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बिएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। मा‌ओवादीनिकट उनी म्याग्दीको सिंगामा जन्मिएका हुन्।

राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->