पोखरा/ फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रबबहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
फोर्स मोटर्सले आफ्ना ग्राहकलाई गाडी बिक्री गरेपछिको सही र सहज किसिमको सेवा दिनको लागि सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
गाडी बिक्री पछिको आधुनिक सेवा तथा पार्टपूर्जाहरुको सेवा दिने उदेश्यले अन्तराष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा संचालनमा ल्याएको अध्यक्ष थापाले बताए ।फोर्स मोटर्सको चाउथेमा सोरुम पनि यसअघिबाटै संचालनमा रहेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा अत्याधुनिक सेवा सुविधाका साथ गाडीको मर्मत गर्ने र पार्टपूर्जा फेर्नका लागि अब कुनै कठीनाइ नभएको थापाले जानकारी दिए ।
सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको छ । सेन्टरबाट ग्राहकले गाडीको स्पेयर्स तथा सर्भिस सेन्टर एउटै स्थानबाट छिटो छरितो आधुनिक सेवा दिइने आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए ।
बितेका ८ वर्षदेखि आयम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात र बिक्री बितरण गर्दै आएको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप पनि बेच्छ । यस्तै कम्पनीले पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरको एम्बुलेन्स बिक्री गर्दै आएको छ ।
कम्पनीका काठमाडौंको गैरीधारा तथा इटहरीमा आफनै शाखा रहेका छन् । यसका देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सका गाडीहरु बिक्री र बिक्री पछिको सेवा दिइँदै आएको सो अवसरमा जानकारी दिइयो ।
आयाम कन्टिनेन्टलले फोर्स मोटर्सका नयाँ मोडलका बस र जीपहरु छिटै नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको छ । कम्पनीले केही समयअघि गुर्खा जिप नेपाली बजारमा ल्याएको थियो ।
कार्यक्रममा नेपाल युवा यद्यमी मञ्चका अध्यक्ष सुयश मल्ल, स्थानय यातायातका प्रदेश संयोजक केदार पौडेल, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष मोहनबाबु खड्का, फोर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक, पश्चिमाञ्ल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाल श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्दै बिक्री मात्रै नभइ बिक्री पछिको समयमा पति ग्राहकका लागि सबै सुविधा एकै ठाउँबाट दिनेगरी सर्भिस सेन्टर संचालनमा ल्याउनु महत्वपूर्ण कार्य भएको बताए । मिलन थापाले संचालन गरेको कार्यक्रमको अध्यक्षता नाडा तथा तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रबबहादुर थापाले गरेका थिए ।




