बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतका युवा बिक्रमले योगमा राखे नयाँ विश्व किर्तिमान

पर्वतका युवा बिक्रमले योगमा राखे नयाँ विश्व किर्तिमान


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०७९, आइतबार

पोखरा / नेपाली युवा विक्रम खड्काले लगातार ३ घन्टा ५० मिनेट वृक्षासन (tree pose) योगासन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका छन।

पर्वत बाच्छाका विक्रम खड्काले वृक्षासन अर्थात एउटा खुट्टा जमिनमा टेकेर अर्को खुट्टालाई टेकिएको खुट्टाको घुँडाभन्दा माथि राखेर दुबै हातलाई नमस्कार मुद्रामा राखेर गरिने आसनमा लगातार ३ घण्टा ५० मिनेट बसेर विश्व कीर्तिमान कायम गरेका हुन ।

यस अघि उक्तकीर्तिमान भारतीय नागरिक सनत रथको नाममा एक घण्टा छ मिनेट पचपन्न सेकेन्ड रहेको थियो । २०७८ श्रावण ५ गते विश्व कीर्तिमानको लागि प्रयास गरेर भिडियो सहित गिनिज बुक अफ वल्र्ड रेकर्डमा सम्पूर्ण विवरण पठाइएको थियो ।

२०७९ माघ १४ गते शनिबार देउराली हिमालयन होटेल पोखरामा मेयर धनराज आचार्य र गुरू डा.योगि बिकाशानन्दको उपस्थिति र लायन्स लिडरहरूको सहभागितामा कार्यक्रम समपन्न भएको हो ।

गनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त विक्रम खड्काले नेपालीहकरुको पहिचान र नेपालको योगलाई विश्वसामु परिचति गराउन कठिन आसन वृक्षासन छनोट गरेर यो अभ्यास गरेको बताउँदै यो सम्मान आफ्नो मात्र नभएर सम्पूर्ण नेपालीको भएको बताए ।

मनोक्रान्ति अभियानका संस्थापक डा.योगी विकासानन्दको ५ वर्षे आत्मरुपान्तरण तथा नेतृत्व विकास कार्यक्रममा सहभागी भई योग सिकेका खड्काले यसअघि पनि अन्य कीर्तिमानहरू कायम गरेका छन् ।

उनले वि.सं. २०६५ सालमा काठमाडौंको टुँडिखेलमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को उपस्थितिमा लगातार ५ घण्टा शीर्षासन (टाउकोलै टेकेर खुट्टा माथी गरेर गरिने आसन) गरेका थिए ।

त्यस्तै २०६६ सालमा गोदावरी स्थित मनोक्रान्ति आश्रममा लगातार ४ घण्टा त्राटक बलिरहेको मैनबत्तीलाई आँखा नझिम्क्याई हेर्ने क्रिया गरेका थिए ।

उक्त आश्रममा नै रहँदा उनले नौ फिटको खाडलमा सातदिन निराहार रहेर भूतपस्या पनि गरेका थिए । बिक्रम खड्का हाल न्युलाईफ आयुर्बेद प्रा.लि. र पशुपति हर्बलका सञ्चालक छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->