आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मौलिक संकृति ओझेलमा परे : उपकुलपति गुरुङ

मौलिक संकृति ओझेलमा परे : उपकुलपति गुरुङ


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७९, सोमबार

बागलुङ/ गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोेरे गुरुङले विदेशी संकृतिहरु मौलाएकाले नेपाली मौलिक संस्कृतिहरु ओझेलमा परेको बताएका छन् । विदेशीको सिको गर्दा नेपाली कला संकृतिको मौलिकता नै खस्किन थालेकोप्रति गुरुङले चिन्ता व्यक्त गरे ।

बागलुङमा आइतबारदेखि सुरु भएको नृत्य कार्याशालाको उद्घाटन गर्दै गुरुङले शास्त्रीय र मौलिक नृत्यहरुमा अन्य देशहरुबाट भित्रिएका नृत्यका शैलीहरुको प्रभाव पर्न थालेको बताए । ‘मौलिक नृत्य, शास्त्रीय नृत्य हाम्रा सम्पत्ति हुन्, पछिल्लो समय युवा पुस्तको आकर्षण विदेशी शैलीमा छ’, गुरुङले भने ‘हामीले मौलीक नृत्यहरुको खोज, अनुसन्धान र संरक्षणका लागि योजना बनाइरहेका छौं ।’ उनले युवा पुस्तालाई नेपाली मौलिकता झल्किने नृत्यहरुको गहिरो अध्ययन गर्न आग्रह समेत गरे ।

बागलुङमा प्रचलनमा रहेका घाँटु, सोरठी, नागनाचजस्ता मौलिक नृत्यहरुको अध्ययन र संरक्षणमा प्रज्ञा प्रतिष्ठान लागिरहेको गुरुङले बताए । ‘मौलिक नृत्यहरुको अध्ययन नयाँ शिराबाट गर्नुपर्ने छ’, गुरुङले भने ‘नयाँ पुस्तालाई यसको महत्व बुझाउने प्रयासमा लाग्ने छौं ।’

गुरुङले गण्डकी प्रदेशका दुई सयजना कला, साहित्य क्षेत्रका नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम रहेको जानकारी दिए । कलाकार र साहित्यकारसँगै उनीहरुको परिवारको समेत स्वास्थ्य बिमागर्ने योजना प्रतिष्ठानको छ । गण्डकी प्रदेशमा नृत्य संग्रहालय स्थापना गरेर मौलिक र शास्त्रीय नृत्यको संरक्षण र प्रबद्र्धन गरिने उनले बताए ।

कार्यक्रममा साहित्यकार काजी रोशन, कालाकार लक्ष्मण श्री, नृत्य प्रशिक्षक केपी पौडेल, प्याव्सन बागलुङ नगर अध्यक्ष अध्यक्ष कृष्ण अधिकारी एनप्याव्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्मालगायतले बोलेका थिए । विद्यार्थीहरुमा नृत्यसम्बन्धि सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनका लागि कार्याशाला आयोजना गरिएको हो ।

जुनतारा मिडिया हाउस बागलुङको आयोजनामा सञ्चालन हुने कार्याशालामा जिल्लाभरबाट नृत्यको सैद्धान्तिक ज्ञान लिन चाहने विद्यार्थीहरु सहभाभी भएका छन् । कार्यशालामा मौलिक तथा शास्त्रीय नृत्य सम्बन्धि सैद्धान्तिक र व्यवहारीक ज्ञान दिइने संयोजक दीलिप कँडेलले बताए । कार्याशालामा नृत्य प्रशिक्षक महेश गोदार, केपी पौडेलले सहजीकरण गर्ने उनले बताए । विद्यार्थीको पठनपाठन प्रभावित नहुनेगरी बिहान वा बेलुकाको समयमा कार्यशाला सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->