शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

माहुरी चराउन तोरीबारीमा किसान

माहुरी चराउन तोरीबारीमा किसान

सामाजिक सञ्जालमा भाइरल भएको म्याग्दीको रत्नेचौरको तोरीबारीमा अहिले माहुरी चरिहेका छन् ।


  • हरिकृष्ण गौतम
  • माघ १८ २०७९, बुधबार
बेनी रत्नेचौरमा तोरीबारीमा माहुरी चराउँदै गरेका जिवन केसी र छिमेकी जिल्ला बागलुङ नगरपालिका–४ कुँडुलेमा दिलबहादुर केसी । तस्वीर : हरिकृष्ण गौतम

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–४,सिङ्गास्थित सुर्केमेलाका दिलबहादुर खत्रीक्षत्री आजकाल माहुरी चराउन व्यस्त छन् । बेनपा–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङस्थित बागलुङ नगरपालिका–४,कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर चराउँछन् । माहुरी को आहारा खोज्दै हिँडेका दिलबहादुरले दिनभरीमाहुरी को हेरचाहमा विताउँछन् ।

म्याग्दीका अगुवा एवम् व्यवसायिक माहुरीपालक कृषक ४२ वर्षीय क्षत्रीले रत्नेचौरमा २५ घार र बागलुङ नगरपालिकाको कुँडुलेमा ४५ घार माहुरी चराइरहेका छन् ।करिब एकदशकदेखि माहुरी पालनमा सक्रिय रहेका क्षत्रीले बर्षेनी माहुरी लाई पर्याप्त चरण क्षेत्र र सहनसक्ने माहुरी को लागि उचित तापक्रमको खोजी गदैं मुख्य बासस्थानबाट घार ल्याएर मह उत्पादनमा सघाउने चरन क्षेत्रमा राख्ने गरेका छन् ।

पँहेलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा माहुरी का हुल नै देखिन्छ ।‘मौसम अनुहान आहारा पाइने माहुरी लाई सार्नुपर्छ,माहुरी को स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त बतावरण चाहिन्छ’, कृषक क्षत्रीले भने ।

माहुरी को बासस्थानबाट करिक ३ किलोमिटरसम्म आहाराको खोजीमा जाने गर्दछन् ।चरनक्षेत्रमा प्रयाप्त आहारा नपुगेको अवस्थामा चिनी खुवाउनुपर्ने उनले बताए । जंगल आसपासका क्षेत्रलाई चरन क्षेत्रको रुपमा प्रयोग गर्दा मह दोब्बर र स्वादिलो समेत हुने भएकाले समयअनुकुल चरन क्षेत्रको खोजी गर्नुपर्ने बताए । ४२ वर्षीय क्षत्री २१ वर्षको उमेरमा दुबई पुगेर दुईवर्ष बिताएर फर्किएपछि पुनः मलेसिया पुगेका थिए । उनले मलेसियामा ३ वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर सुन्तला खेती गरेका थिए ।

क्षत्रीले वार्षिक रुपमा माहुरी तथा माहुरी सहितका घार बिक्री गरेर वार्षिक २० लाखको कारोबार गर्छन् । उनले बार्षिक १क्विन्टल मह उत्पादनमा अफसिजनमा झण्डै आवश्यकता परेमा चिनी समेत खुवाउन झण्डै ५० हजार खर्च हुने बताए । उनले चरनक्षेत्रमा लैजाँदा लाग्ने ढुवानी, जग्गामा राखेवापतको भाडा लगायत अन्य खर्च कटाएर माहुरी पालनबाटै वार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताए ।उनले वार्षिक माहुरी सहित, खाली घार गरी सयवटा घार बिक्रीगर्ने गरेका छन् ।

प्रतिघार माहुरी सहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उनको अनुभव छ । गतवर्ष माहुरी सहितको घार बिक्रीबाट मात्रै उनले १० लाख आम्दानी गरेका थिए । यसवर्ष चरन क्षेत्रमा राखेको ७९ घार माहुरी ले दुईसय ५० केजी मह उत्पादन गर्ने अपेक्षा गरेको उनले बताए । प्रत्येक घारमा माहुरी ले तीनदेखि चार केजीसम्म मह उत्पादन गर्दछ । ताजा मह एकहजार रुपैयाँदेखि १५ सय रुपैयाँ प्रतिकेजीका दरले बिक्री गर्ने गरेका छन् ।

महका गोला र माहुरी सहितको घार, खाली घार, खाली घार भएका कृषकका लागि माहुरी मात्रै पनि बिक्री गर्ने गरेको क्षत्रीको भनाई छ । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार माहुरी सहित घारको १० हजार, माहुरी मात्रै पाँचहजार र खाली घार मात्रै तीनहजार पाँचसयमा बिक्री हुन्छ ।बर्खाको समयमा धान र मकै र हिउँदमा तोरीबारीमा लैजाने गरेकोमा प्रयाप्त आहारा नपुगेमा माहुरी भाग्ने जोखिम रहेको अर्का कृषक जिवन केसीले बताए । उनले माहुरी को सबैभन्दा पहिलो रोजाई चिउरी र दोस्रो तोरीबारी रहेको बताए ।

गुणस्तरीय महका लागि फलफूल, तरकारी, तेलहन, दलहन बाली, फुल फुल्ने सबै बिरुवा अनुकुल भएपनि सबैभन्दा राम्रो तोरी र चिउरी सहित भएको बताए । गुणस्तरीय मह उत्पादन गरे ग्राहक मह खोज्दै घरमै आउने भएकाले बजारको समस्या नभएको बताए ।

रत्नेचौरको तोरीबारीमा माहुरी चराइरहेका कृषक केसीका अनुसारमाहुरी पालनबाट सोचेजस्तै आम्दानी हुने बताए । उनले माहुरी को आनीबानीसँग खेल्न सक्नेलाई अन्य ब्यवसाय गर्न नपर्ने बताए । हरेका मौसममा फरक फरक ठाँउमा पु¥याएर चराउनु पर्ने वाध्यता रहेको उनले बताए । माहुरी भाग्न सक्ने जोखिममा सावधानी अपनाउनुपर्ने बताए ।

विहान चरन क्षेत्रमा पुगेका माहुरी घाम अस्ताउन लागेपछि आफ्नै बासस्थानमा फर्किने अवस्थामा अरिङ्गाल लगायतका किराको आक्रमणले क्षती हुने गरेको कृषकको भनाई छ । विगतमा माहुरी ले तोरीबारी नष्ट गर्ने भ्रम रहेको अवस्थामा अहिले भने तोरीखेतीमा सक्रिय कृषकले नै माहुरी पालकलाई बोलाउने गरेको भानु मावि रत्नेचौरका प्रअ भरत खत्रीले बताए । उनले माहुरी पुगेको तोरी फस्टाउने गरेको बताए । म्याग्दीमा अगुवा कृषकले माहुरी पालनबाटै बार्षिक १० लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । एकै ठाउँमा चरनक्षेत्रले नपुग्ने भएपछि घुम्ती चरनका लागि ठाउँठाउँमा घार रख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->