पोखरा/ पोखरा २६ जल्धारेमा सन्चालन मा आएको भेल्भेट र मखमलको चप्पल बनाउने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका र सिटिइभिटीको सहयोगमा १२ दिनदेखि सन्चालनमा आएको तालिम पोखरा २६ भित्रका महिला २० जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रमबा बोल्दै पोखरा २६ का जनप्रतिनिधि सुदीपराज ढुङ्गानाले तािलमबाट सिकेको सीपबाट महिला दिदीबहिनी हरूलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए ।
तालिमको व्यवस्थापन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयका शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले तालिमले दिगो विकासमा र आय आर्जनमा सहयोग गर्ने बताए । युवा उद्यमी मन्च नेपालका केन्द्रीय सदस्य खेमराज तिमिल्सिनाले सानासाना व्यवसायलाई समुदायले निरन्तरता दिनुपर्ने बताए सहभागीको तर्फबाट सीता ढुङ्गानाले व्यवस्थापनसम्बन्धी थप तालिमको आवश्यकता रहेको बताइन् ।
नमूना महिला समूहकी अध्यक्ष अंगुरदेवी ढुङ्गानाको अध्यक्षतामा सन्मन्न कार्यक्रममा प्रशिक्षक धनमाया श्रेष्ठ,गण्डकी बहुप्राबिधिक शिक्षालयका कर्मचारि इन्द्रप्रसाद ढुङ्गानालगायतले मन्तव्य राखेका थिए ।





