आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बागलुङमा ‘बागी विमर्श’ हुने

बागलुङमा ‘बागी विमर्श’ हुने


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७९, शुक्रबार

बागलुङ/लेखक तथा सर्जक खगेन्द्र संग्रौलाको जीवनीमा आधारित ‘एक बागी’ पुस्तकको समीक्षा तथा विमर्श हुने भएको छ । उक्त पुस्तकका लेखक उज्वल प्रसार्इं र सर्जक संग्रौलाको उपस्थितिमा पुस्तक चर्चा हुने भएको हो ।

बागलुङबाट प्रकाशित भैरहेको नयाँविश्वडटकम अनलाइनको अगुवाइमा साहित्य चर्चा र समीक्षा गर्न लागिएको हो । बिहिवार पत्रकार सम्मेलन गरेर नयाँ विश्व अनलाइनका अध्यक्ष माधव शर्मा, नयाँविश्व सहकारी संस्थाका अध्यक्ष सुवासकुमार राजभण्डारी र सम्पादक मुकेशचन्द्र राजभण्डारीले पुस्तक चर्चाबारे जानकारी दिए ।

लामो समयदेखि साहित्यकारहरुको सानिध्यतामा हुने कार्यक्रम नभएको, पुस्तक चर्चा तथा विमर्श नभएकोले गर्न लागिएको जनाइएको हो । पछिल्लो समय पुस्तको पाठक घटिरहेकोले लेखकसँगै बसेर विमर्श गर्न पाउने कार्यक्रमले पाठकको संख्या बढ्ने विश्वास पनि लिइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्यले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->