बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काहुँ धरहरा महोत्सव फागुन ४ गतेदेखि

काहुँ धरहरा महोत्सव फागुन ४ गतेदेखि


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७९, आइतबार

पोखरा / चौथो संस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतीय दौड आयोजना हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिने उदेश्यसहित आयोजित महोत्सवमा खेल पर्यटनलाई समेत जोड्ने गरी पर्वतीय दौड समावेश गरीएको हो ।

आयोजक जनकल्याण युवा क्लबका अध्यक्ष देशबहादुर गुरुङका अनुसार आगामी फागुन ४ गतेदेखि सुरु हुने महोत्सवमा ७ किलोमिटर दूरीमा पर्वतीय दौड हुनेछ । प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोश्रो हुनेले ७ हजार, तेश्रोले ५ हजार पाउने छन् भने चौथो स्थान प्राप्त गर्नेले ३ हजार रुपैयाँ नगद र उत्कृष्ट २०जनालार्ई मेडल प्रदान गरीनेछ ।

हिलातर्फको इभेण्टमा पनि सोही बराबरको पुरस्कार राशी राखिएको छ । फागुन ४ गते हुने महोत्सवको उद्घाटनका दिन बिहान दौड आयोजना हुनेछ ।

पोखराको मुख्यबजार देखि करिब ६ किलोमिटरको दूरीमा रहेको काहुँमा चौथो पटक काहुँ धरहरा पर्यटन महोत्सव हुन लागेको हो । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ ।

क्लवका अध्यक्ष देवबहादुर गुरुङले काहूँको सुन्दरता र त्यहाँ अवस्थित धरहरालाई प्रचारप्रसार गरी आन्तरीक पर्यटनको बृद्धि गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->