बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सौराहाको जस्तै जंगल सफारी नवलपुरबाटै

सौराहाको जस्तै जंगल सफारी नवलपुरबाटै

अमलटारीबाट जंगल सफारी जानेहरुले धेरै वन्यजन्तु हेर्न पाउने ।


  • खगेन्द्र पराजुली
  • फाल्गुन ३ २०७९, बुधबार

नवलपुर/ सौराहाको जस्तै जंगल सफारीको अनुमति पाएपछि नवलपुरतर्फका होटल तथा पर्यटन ब्यवसायीमा उत्साह छाएको छ । चितवन राष्ट्रिय निकुञ्जले माघ ११ गते निर्णय गरी कावासोतीस्थित अमलटारीबाट जंगल सफारीका लागि प्रवेश अनुमति दिएपछि अमलटारी आसपासका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजसँग मात्रै अमलटारी क्षेत्रबाट निकुञ्जमा सफारीका लागि प्रवेशको अनुमति थियो । अब भने यहाँका होमस्टे, होटल तथा पर्यटन व्यवसायीले निकुञ्ज सफारी प्रवेशको अनुमति यस क्षेत्रको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा छ ।

आर्थिकरूपमा होटल व्यवसायीहरू समस्यामा परेको बेला निकुञ्जले अनुमति दिएर पर्यटन तथा होटल व्यवसायीलाई ठूलो राहत दिएको होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष रानाको भनाइ छ ।

घाँसेमैदान र आहाल खेल्ने ठाउँ धेरै रहेकाले वन्यजन्तुको ओहोरदोहोर अमलटारी क्षेत्रमा धेरै हुने भएकाले अमलटारीबाट जंगल सफारीका लागि निकुञ्ज प्रवेश गर्दा पर्यटकले धेरै वन्यजन्तु अवलोकन गर्न पाउने अमलटारी होमस्टेका संस्थापक प्रेमशंकर मर्दनिया बताउँछन् ।

मर्दनियाले यसबाट पर्यटन तथा होटल व्यवसायीलाई आर्थिकरूपमा बलियो बनाउन जैविकता संरक्षणको क्षेत्रमा समेत थप टेवा पुग्ने विश्वास गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->