शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कान्छो जिल्ला सधैं टाढा

कान्छो जिल्ला सधैं टाढा

त्रिवेणी–कोरला राजमार्ग निर्माणमा ढिलाइ हुँदा नवलपुरबासी मर्कामा ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०७९, बुधबार

नवलपुर/ देश संघीयतामा गएसँगै नवलपरासीलाई दुई टुक्रा बनाइयो । बर्दघाट–सुस्ता पूर्वको खण्ड गण्डकी प्रदेशको हिस्सा बन्यो भने पश्चिम क्षेत्र लुम्बिनीमै रहन पुग्यो । गण्डकी सरकारले प्रदेशको कान्छो जिल्लालाई नवपुर नामाङ्कन ग¥यो,कावासोतीलाई जिल्ला सदरमुकाम कायम गरियो । २०१४ सालदेखि नै बस्तीको स्वरुप ग्रहण गरेको नवलपुरबासीले सरकारी निर्णयको सहर्ष स्वागत गरे । भारत र चीन दुवैलाई जोड्ने ४४५ किलोमिटर लामो त्रिवेणी–कोरला राजमार्गले कान्छो जिल्लासहित समग्र गण्डकीकै कायापलट हुने सपना पालियोे ।

तर, प्रदेश सरकार स्थापनाका पाँच वर्ष बित्दा पनि त्रिवेणी–कोरला राजमार्गले पूर्णता पाएको छैन । नवलपुरबासीहरु प्रदेश राजधानी आउन कि लुम्बिनी कि बागमतीको बाटो समात्नुपर्छ । कोराला– बेनी बाटोमा मालढुंगा–पोखरा–दुम्कीवास त्रिवेणीलाई जोड्ने सपनामा राष्ट्रिय निकुञ्ज बाधक देखिएको छ । दुम्कीबासदेखि सुस्तासम्मको २१ किलोमिटर क्षेत्र राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्छ । संरक्षित क्षेत्रमा बाटो खुलाउन संघ सरकारको स्वीकृति चाहिन्छ । विश्व सम्पदा सूचीमा परेकाले यहाँ बाटो खोल्न युनेस्को स्वीकृति चाहिन्छ ।

गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसम्मले सो क्षेत्रमा राजमार्ग निर्माणको लागि संघ सरकारसँग गुहार लगाए । तर, प्रगति भने भएको छैन । सुरुङ मार्ग वा आकासे मार्ग निर्माणसम्मका सपनाले गति नलिँदा नवलपुर अहिले पनि हेपिएको जिल्लाकै रुपमा रहन अभिशप्त रहेको छ । जानकारका अनुसार २०५९ सालसम्म हुलाकी राजमार्गको रुपले त्यही बाटो प्रयोग हुन्थ्यो । निकुञ्जले रोकेको त २०३ सालतिर मात्रै हो । यद्यपि,बगुवनदेखि भारतीय नाकासम्म भने बाटो बनिरहेको छ । देशका अन्य भागमा निकुञ्ज भित्रैबाट सडक सञ्चालनमा आएका छन् तर मध्यवर्तीको अड्को हटेको छैन ।

अघिल्लो वर्षको फागुनमा तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवलपुरको बौंदीकाली गाउँपालिकामा पर्ने डेढगाउँ हुँदै हुप्सेकोटको झ्लालबाससम्मको सडक खण्डको उद्घाटन गरे । तनहुँको भिमाददेखि नवलपुर निस्कने सडक रुटबारे अन्यौल भइरहँदा उद्घाटन भएको १४ किलोमिटर लम्बाइको सो सडकलाई वैकल्पिक मार्गको रुपमा चित्रित गरियो ।

तनहुँको भीमाददेखि मानपुरसम्म करिब १२ किलोमिटर, मानपुरदेखि डेढगाउँसम्म करिब १० किलोमिटरको यात्रापछि डेढगाउँका कालिगण्डकी नदीमाथिको पुल तरेपछि नवलपुर पुग्ने सो सडक निर्माणकै चरणमा छ तर प्रगति चित्तबुझ्दो छैन । डेढगाउँबाट कावासोती चोरमारा नजिकैको झ्यालबास जोडुने सो सडक खण्डको निर्माण सजिलो भने छैन । कालिगण्डकी तरेपछि झयालबास पुुग्ने ४८ किलोमिटर मध्ये ३४ किलोमिटर खण्ड ट्रयाकमात्र खुलेको छ । जसले गर्दा बर्खामा नारायणगढ वा बुटबल हुँदै पोखरा आउने बाध्यता अन्त्य हुने देखिँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->