पोखरा / पर्वतको फलेवासबाट पोखरा आएर वसोवास गर्नेहरुको भेला शनिवार पोखरामा समपन्न भएको छ । भेलाले फलेवास-खानीगाउँ पोखरा सम्पर्क समाज गठन गरेको छ ।
समाजका अध्यक्षमा बाबुराम सापकोटा चयन भएका छन् । समाजको उपाध्यक्षमा भोलानाथ शर्मा, सचिवमा कृष्णप्रसाद सुवेदी र कोषाध्यक्षमा दिनेश थापा चयन भएको पत्रकार सुदिप पौडेलले जानकारी दिए ।
समाजको सदस्यमा दयाराम सुवेदी, कपिल शर्मा, केशब शर्मा सापकोटा, शोभा पराजुली, हरिमाया शर्मा, काशीराम भट्ट र सन्तोष पौडेल चयन भएका छ्न ।
भेलाले आगामी ६ महिना भित्र विधान तयार गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय गरेको छ । भेलाले विद्यानमा तीन किसिमका सदस्यको व्यवस्था गर्ने र कम्तीमा ‘एक घर-एक सदस्य’को व्यवस्था गर्न गरी विधान तयार गर्ने जिम्मा कार्य समितिलाई दिएको छ ।
समाजको साधारण, आजिवन र संरक्षक गरी तीन किसिमका सदस्य रहने ब्यवस्था गरिने अध्यक्ष सापकोटाले वताए ।





