बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हुप्सेकोटका कृषकलाई प्रतिलिटर दुधमा ५ रूपैयाँ अनुदान

हुप्सेकोटका कृषकलाई प्रतिलिटर दुधमा ५ रूपैयाँ अनुदान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७९, मंगलबार

नवलपुर / हुप्सेकोट गाउँपालिकाले दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन थालेको छ । गाउँपालिकाभित्र रहेका दुई वटा दुग्ध सहकारीमार्फत त्यस्तो अनुदान रकम वितरण थालिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालले दूध उत्पादन कार्यमा संलग्न कृषकलाई प्रोत्साहन गर्न सहयोग पुगोस् भन्नका लागि त्यसरी अनुदान रकम वितरण गरिएको जानकारी दिए । उनले आउँदो एक वर्षमा कम्तीमा ८०, ९० हजार लिटर दूध यी सहकारीमार्फत बिक्री हुने अपेक्षा गरेको बताए ।

पालिकाले दुग्ध सहकारीले उपलब्ध गराएको तथ्यांकका आधारमा अनुदान रकम दिने व्यवस्था गरेको छ । अनुदान रकम सोझै साना कृषकको हातमा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको हो । पालिकाले कृषकले पशु बिमा गर्दा लाग्ने प्रीमियम रकमको ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

सुत्केरीलाई ६ महिनासम्म मासिक ५ हजार भत्ता

हुप्सेकोट गाउँपालिकाले सुत्केरी महिलालाई ६ महिनासम्म मासिक ५ हजार सुत्केरी भत्ता दिँदै आएको छ । महिलालाई सुत्केरी भत्ता दिने हुप्सेकोट नेपालकै पहिलो गाउँपालिका हो । पालिकाले गत ४ वर्षदेखि त्यस्तो रकम वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->